
बिएल संवाददाता
सामुदायिक संस्था सानो पाइलाले ‘बाल श्रमिकको उद्धार तथा दीगो व्यवस्थापन’ अभियान सुरु गरेको छ। वीरगन्ज महानगरपालिकालाई बाल श्रममुक्त बनाउने उद्देश्य अनुरुप सुरु भएको यो अभियानका क्रममा सानो पाइलाले बाल श्रमिकको उद्धार पनि सुरु गरेको छ।
अभियानका संयोजक विवेक कर्णका अनुसार वीरगन्ज महानगरपालिकाभित्र अझैं पनि बालबालिकालाई चरम श्रम शोषणसँगै काममा लगाउने गरिएको छ। सहरका होटेल, रेस्टुरेन्ट, मदिरा पसल, मासु पसल, फलफूल पसल लगायतका व्यवसायिक क्षेत्रमा बालश्रमिकको संख्या अत्यधिक छन्। यसरी श्रम गर्न बाध्य पारिएका बालबालिकाहरू धेरैजसो निम्न आय भएका परिवारका छन्।
यो अभियानको सुरुवातमा सानो पाइलाले विभिन्न क्षेत्रमा लगाइएका १७ जना बाल श्रमिकहरूको उद्धार गरिएको छ। तीमध्ये १२ जनालाई संस्थाले परिवारको जिम्मा लगाएको छ। परिवारले आगामी दिनमा आफ्ना बालबालिकाहरूलाई श्रममा नलगाउने प्रतिवद्धता जनाएका छन्।
परिवारको पत्ता नलागेका बाँकी ५ जनालाई संस्थाले सञ्चालन गरेको ‘सानो घर’ बालगृहमा राखिएको छ।
उद्धार गरिएकामध्ये केही बालबालिकाहरू भारतीय पनि छन्। तीमध्ये ८ देखि १५ वर्ष उमेर समूहका छन्।
उद्धार अभियानमा वीरगन्ज महानगरपालिकाका प्रतिनिधिहरू, प्रहरी-प्रशासन, श्रम तथा रोजगार कार्यालय, छोराछोरी नेपाल लगायतका प्रतिनिधिहरू पनि उपस्थित थिए।
‘परिवारको जिम्मा लगाइएका बालकहरूको बालअधिकारको रक्षासहित परवरिस गर्ने व्यवस्था मिलाउन हामी सकारात्मक छौं। र, यसका लागि उपयुक्त उपाय के हुन सक्छ भन्नेमा सरोकारवालाहरूसँग निरन्तर छलफलमा रही उचित पहलकदमी लिन हामी प्रयत्नरत छौं’ कर्णले भने ‘उद्धार गरिएका बालकहरू, जसका अभिभावक भेटिँदैनन, उनीहरूको उचितरूपमा दीर्घकालीन व्यवस्थापनको बाटो पहिल्याउन समेत हामी प्रतिबद्ध छौं।’
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया