पर्साबाट एपीएफले बरामद गर्यो साढे ५८ लाखको हीरा र सुनको गरगहना
भारतबाट नेपालतर्फ आउँदै गरेको कारलाई जाँच गर्ने क्रममा प्लास्टिकमा प्याक गरिएको शंकास्पद बस्तु फेला परेको थियो। सो क्रममा थप खानतलासी गर्ने क्रममा ड्राइभरले कार भगाएका थिए। सामान छाडेर कार र व्यक्ति फरार भएपछि बरामद गहना थप प्रमाणित गर्न आइतबार पर्सास्थित सुनचाँदी व्यवसायी संघमा पठाइएको थियो। सो गरगहनामा २२ लाख ५१ हजार ८ सय ४० रुपैयाँ बराबरको ७०.३७ क्यारेट हिरा र ३६ लाख १२ हजार ९ सय ९० रुपैयाँ बराबरको २४६.७३ ग्राम सुन रहेको प्रमाणित भएको छ।
बिएल संवाददाता - पर्सा