अमेरिकामा चार नेपाली मृत फेला, प्रहरीले के भन्यो?
घटनाबारे स्थानीय प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ। एउटा अपार्टमेन्टको भुइँतलामा बस्ने उनीहरूसँग सम्पर्क हुन नसकेपछि घरधनीले प्रहरीलाई सुरक्षा जाँचका निम्ति खबर गरेका थिए। स्थानीय प्रहरी पुगेर उनीहरूको अपार्टमेन्टमा हेर्दा सबैजना एकै ठाउँमा मृत फेला परेका हुन्। उनीहरूको स्थानीय अस्पतालमै पोस्टमार्टम गरिएको छ। मनासस पार्कको स्थानीय प्रहरीले घटनास्थलबाट पेस्तोल समेत भेटिएको जनाएको छ। मृत भेटिएका चारै जनालाई पनि गोली लागेको छ।
बिएल संवाददाता - काठमाडौं