बिएल संवाददाता
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै कारण सहकारी अभियान जोखिममा परेको बताएका छन्।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफ्स्कुन)को आयोजना तथा सहकारी विभागको साझेदारीमा पोखरामा आज आयोजित ‘साकोस जोखिम विश्लेषण कार्यशालको शुभारम्भ समारोहमा उनले सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा सहकारी क्षेत्रमा समस्या सिर्जना भएको बताए।
नियमक निकायले चेतावनी दिने, प्रोत्साहन गर्ने काम नगरी सहकारी अभियान्तामाथि दोष थुपारेर मात्र समस्याको समाधान नहुने जनाउँदै मुख्यमन्त्री अधिकारीले सहकारी अभियान समाप्त भयो भने आर्थिक संकट पर्नसक्छ भने।
उनले भने, ‘सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न सबैले ध्यान पुर्याउनुपर्छ। सेयर सदस्यले समेत सहकारीको विषयमा चासो राख्नुपर्छ। रोजगारी सिर्जना गर्ने खालका काम संस्थाले गरेको छ/छैन भन्नेमा सेयर सदस्यको चासो हुनुपर्छ।’
सहकारीको जोखिम स्तर विश्लेषण गर्न सक्ने बनाउने लक्ष्यका साथ आयोजना भएको कार्यशालमा ३२ संस्थाको प्रतिनिधित्व रहेको नेफ्स्कुनका अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिए। विसं २०४५ मा स्थापना भएको नेफ्स्कुन ७६ जिल्लामा फैलिएको छ। यसका चार हजार छ सय ५० जना प्रत्यक्ष सदस्य रहेका छन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया