बिएल संवाददाता
दाङको घोराही सिमेन्ट उद्योग बाहिर स्थानीयले नाराबाजी गरेका गरेका छन्।
बुधबार बिहान सिमेन्ट उद्योगभित्र टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएपछि स्थानीयले नाराबाजी गरेका हुन्।
घोराही उपमहानगरपालिका–४ गोग्लीमा रहेको सिमेन्ट उद्योगभित्र बुधबार बिहान रा १ क १२७८ नम्बरको टिप्परको ठक्करबाट अर्का चालक घोराही उपमहानगरपालिका–४ निवासी ३० वर्षीय नारायण शर्माको मृत्यु भएको थियो।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक रामबहादुर केसीका अनुसार सिमेन्ट उद्योगभित्र रहेको पेट्रोल पम्पमा टिप्परमा तेल हाल्ने क्रममा सो दुर्घटना भएको हो।
शर्मालाई ठक्कर दिने टिप्पर चालक ३० वर्षीय वसन्त जिएमलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मृतकका आफन्तले भने दुर्घटनामा लापर्बाही भएको भन्दै दोषीलाई कारबाही र उचित क्षतिपूर्तिको माग राखेर सिमेन्ट उद्योगको गेटमा नाराबाजी गरेका हुन्।
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया