बिएल संवाददाता
जुम्लाको तातोपानी गाउँपालिकाले विपन्न जेष्ठ नागरिकलाई ग्याँस–चुलो वितरण गरेको छ। आफन्तको सहाराविहीन वडा नम्बर २ का चार जना जेष्ठ नागरिकलाई ग्याँस–चुलो वितरण गरेको हो।
‘घरमा गएको अन्नलाई पकाउने दाउँरा नहुँदा समस्या हुन्थ्यो। वडाले ग्याँस चुलो दियो,’ खुसी हुँदै लक्षिमा बुढाले भनिन्, ‘म एक्ली मान्छेलाई २–३ महिना खाना पकाउन पुगिजाला।’
वडा नम्बर २ को कार्यालयले लक्षिमा बुढासँगै साहाराविहीन लालकली दमाई, मिठ्या कामी र बाटु रावतलाई राहत ग्याँस–चुलो दिएको छ। आइतबार गाँउपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले ग्याँस–चुलो वितरण गरे।
जेष्ठ नागरिकलाई राहत होस् भनेर विपद् व्यवस्थापन शिर्षकबाट ग्याँस–चुलो वितरण गरिएको वडा नम्बर २ का वडाध्यक्ष चन्द्रमान बुढाले बताए।
तातोपानी गाउँपालिका अध्यक्ष चौलागाईंले पालिकाले हचुवाका भरमा राहत दिने भन्दा आवश्यकता पहिचान गरेर मात्रै राहत दिने गरिएको बताए।
जेष्ठनागरिकको राहत तथा सुरक्षाका लागि तातोपानीले सेवा मुलक कार्यक्रममा समेत जोड दिएको छ। पालिकाको सबैभन्दा दुर्गम क्षेत्र मानिने वडा नम्बर ७ र ८ का जेष्ठनागरिकहरुका लागि सामाजिक सुरक्षा भत्ता बुझ्न आउँदा निःशुल्क यातायात सेवाको समेत व्यवस्थापन गरेको छ।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया