बिएल संवाददाता
जुम्लाको चन्दननाथ नगरपालिकाले सदरमुकाम खलङ्गा बजारमा सीसी क्यामेरा जडान गर्ने भएको छ। शान्ति सुरक्षाा मजबुत बनाउन नगरपालिकाले बजारका मुख्य–मुख्य चोकमा सीसी क्यामेरा जडान गर्न लागेको हो।
जुम्ला एयरपोर्टदेखि बिच बजार, क्याम्पस लाइन र विजयजगरमा सीसी क्यामरा जडानका लागि ३० लाखको टेन्डर आह्वान गरिएको प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानले बताए।
‘सीसी क्यामराको प्रत्यक्ष निगरानी जिल्ला प्रहरी कार्यालय जुम्लाले गर्नेछ,’ उनले भने, ‘नीति कार्यक्रम तथा बजेटबाट यो आर्थिक वर्षमा ३० लाखको बजेट विनियोजित गरिएको थियो। क्रमशस् अर्को वर्षको लागि पनि अर्को ठाउँमा सीसी क्यामरा जडानका लागि बजेट पारित गरिनेछ।’
पछिल्लो समयमा बजारमा बढेका चोरीका घटना र शान्ति सुरक्षा कायमसँगै अपराधिक क्रियाकलाप नियन्त्रण र बढ्दो सवारी दुर्घटनाको कारण पत्ता लगाउन सीसी क्यामरा जडान गर्न लागिएको नगर प्रमुख राजुसिंह कठायतले बताए।
‘अपराधिक क्रियाकलाप सँगसँगै सडक दुर्घटना न्युनीकरणको लागि पहिलो पटकमा नगरपालिको खलङ्गा बजारका विभिन्न स्थानहरूमा सीसी क्यामरा जडान गर्ने तयारी गरेको छ,’ उनले भने, ‘बोलपत्रको मुल्यांकनको काम अबको केही सातापछि सकिएपछि सीसी क्यामराको जडानको काम अगाडि बढ्नेछ।’
सदरमुकाम खलङ्गा बजारका चोकमा सीसी क्यामेरा जडान गरी शान्ति सुरक्षा मजबुत बनाउन थप टेवा पुग्ने आशा गरिएको नगर उपप्रमुख रामदेवी खड्काले बताइन्।
प्रभुको बदमासीमा कुनकुन फाइलमाथि हुँदैछ अनुसन्धान? को–को तानिदैछन्?
आश्रममा फुलिरहेकाे रामप्रसाद–बसन्तीकाे ‘बुढ्याैली’ प्रेम
आन्दोलनको सार्थकता र नेपालले ब्यहोरेको क्षति
मन्दिरकाे ‘भीक’देखि आश्रमसम्म पुगेका ‘लक्ष्मी’का पदचापहरू
प्रभुको बदमासीः ५० लाख डलर अपचलनको तथ्य बाहिरियो, नियामक निकाय राष्ट्र बैंक मौन
किन्तु परन्तु हैन, चुनावको विकल्प छैन!
बिराएकाे बाटाेबाट माेडिएका ‘वीर’को कथा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया