बिएल संवाददाता
‘चाइना फाउण्डेसन फर रुरल डेभलपमेन्ट (सिएफआरडी)’ले जाजरकोटका सामुदायिक विद्यालयका भूकम्प प्रभावित बालबाललिकालाई एक हजार थान सौर्य बत्ती वितरण गरेको छ। उनीहरुलाई ‘पोर्टेबल बत्ती’ वितरण गरिएको हो।
दिगो बिजुली आपूर्ति सुनश्चित गर्ने अपेक्षासहित विद्यार्थीलाई रातिको समयमा अध्ययन गर्न सहज होस भनेर सौर्य बत्ती वितरण गरिएको सिएफआरडीले जनाएको छ। भूकम्प प्रभावति क्षेत्रका विद्यार्थी शिक्षा लिनबाट वञ्चित हुनुनपर्ने सिएफआरडीको विश्वास छ।
विपद् र प्रकोपका कारण नियमति विद्युत आपूर्ति अवरुद्ध भएको क्षेत्रमा पनि विद्यार्थीको सिकाइ जारी राख्न यसबाट सघाउ पुग्ने सिएफआरडीले जनाएको छ। सिएफआरडीले गत पुसमा जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रमा खाद्यान्न सामग्री, न्यानो कपडालगायत राहत सामग्री वितरण गरेको थियो।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया