बिएल संवाददाता
‘चाइना फाउण्डेसन फर रुरल डेभलपमेन्ट (सिएफआरडी)’ले जाजरकोटका सामुदायिक विद्यालयका भूकम्प प्रभावित बालबाललिकालाई एक हजार थान सौर्य बत्ती वितरण गरेको छ। उनीहरुलाई ‘पोर्टेबल बत्ती’ वितरण गरिएको हो।
दिगो बिजुली आपूर्ति सुनश्चित गर्ने अपेक्षासहित विद्यार्थीलाई रातिको समयमा अध्ययन गर्न सहज होस भनेर सौर्य बत्ती वितरण गरिएको सिएफआरडीले जनाएको छ। भूकम्प प्रभावति क्षेत्रका विद्यार्थी शिक्षा लिनबाट वञ्चित हुनुनपर्ने सिएफआरडीको विश्वास छ।
विपद् र प्रकोपका कारण नियमति विद्युत आपूर्ति अवरुद्ध भएको क्षेत्रमा पनि विद्यार्थीको सिकाइ जारी राख्न यसबाट सघाउ पुग्ने सिएफआरडीले जनाएको छ। सिएफआरडीले गत पुसमा जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रमा खाद्यान्न सामग्री, न्यानो कपडालगायत राहत सामग्री वितरण गरेको थियो।
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया