बिएल संवाददाता
जुम्लाको तातोपानी गाउँपालिकाको विकट क्षेत्र वडा नं. ७ र ८ का दर्जनौं बस्ती संचारको पहुँचमा पुगेका छन्। वडा नं. ८ मा रहेको थलाले टावर सञ्चालनमा आएसँग भेरीखोला संचारको पहुँचमा पुगेको हो।
वर्षौंदेखि अलपत्र थलाले टावर बुधबारदेखि सञ्चालनमा आएपछि स्थानीय खुसी भएको तातोपानी– ७ का वडाध्यक्ष तिलक रावतले बताए।
'ढिलै भए पनि भेरीखोलाका नागरिकले संचार सेवाको पहुँचमा पुगेको छ। यो हाम्रालागि खुसीको कुरा हो,' उनले भने, 'भेरीखोला क्षेत्रका दर्जनौं गाउँका हजारौं नागरिक संचार सेवा सुरु भएपछि उत्साहित छन्।'
थलालेमा रहेको नेपाल टेलिकमको टावर संचालन भएपछि सम्पूर्ण भेरीखोला क्षेत्र संचार सेवाको पहुँचका पुगेको तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले बताए।
'ठेकेदारले हाम्रो ताकेता र भेरीखोला बासीको समस्यालाई बुझ्दै टावर निर्माणलाई पुर्णता दिएर संचार सेवा सुरु भएको हो,' उनले भने, 'यसलाई पालिकाको उपलब्धीका रुपमा लिएका छौं। अब बैंक संग समन्वय गरी भेरीखोलामै बैंक स्थापना गर्ने विषयमा पहल थाल्ने छौं। त्यसपछि त्यहाँका जेष्ठनागरिकलाई भत्ता बुझ्न पालिका आउने झन्झट पनि अन्त्य हुने छ।'
उनका अनुसार थलाले टावर संचालन तथा र भेरीखोला क्षेत्रलाई संचार पहुँचमा पुराउन संचार मन्त्री रेखा शर्मा, प्रतिनिधिसभा सांसद ज्ञानेन्द्र शाही, छिरिङ लामा, प्रदेश सांसद देवेन्द्र बहादुर शाहीले सहयोग गरेका थिए।
साथै दुर्गम भेरीखोला क्षेत्रलाई संचारको पहुँचमा पुराउनका लागि महत्वपुर्ण भुमिका निर्वाह गर्ने सम्पुर्ण निकाय तथा व्यक्तिलाई तातोपानी गाउँपालिकाले बधाई तथा धन्यबाद समेत ज्ञापन गरेको प्रमुख प्रशासकिय अधिकृत तिर्थ बहादुर कठायतले बताए।
उनका अनुसार भेरीखोलाबासीका लागि मात्र नभई दुर्गम क्षेत्रका नागरिकले संचार नहुदा भोग्नु परेको सास्तीबाट मुक्ति पाउनु पालिकाकै खुसी कुरा हो। तातोपानी गाउँपालिकाले नागरिकका माग र आवश्यकतालाई पहिचान गर्दै विकास तथा सेवा प्रवाहका कामलाई जोड दिदै आएको छ।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया