बिएल संवाददाता
विशेषगरी उद्योगी एवम व्यवसायीहरुले चासोका साथ हेरिएको मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्नेगरी तयारी थालिएको छ।
यसअघि स्थगित भएको चालु आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्नेगरी नेपाल राष्ट्र बैंकले तयारी थालेको जनाएको छ।
मौद्रिक नीतिका लागि अन्य तयारी सकिएको तर शुक्रबार बस्ने राष्ट्र बैंक सञ्चालक समितिको बैठकले बाँकी प्रक्रिया पूरा गर्ने जनाइएको छ।
काँग्रेस–एमालेको समीकरणपछि बनेको नयाँ सरकारले मौद्रिक नीतिका सवालमा केही अध्ययन गर्न बाँकी रहेको भन्दै यसअघि सार्वजनिक गर्ने कार्यक्रम स्थगित गरिएको थियो।
मौद्रिक नीतिका बारेमा अर्थविद् एवम सरोकारवालाहरुले फरक फरक धारणा राख्दै आएका छन्। गभर्नर महाप्रसाद अधिकारीले लचिलो मौद्रिक नीति ल्याउने संकेत गरिसकेका छन् भने भने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पनि अहिलेको अभावलाई सम्बोधन गर्ने गरी मौद्रिक नीति आउने बताएका छन्।
अघिल्लो वर्ष साउन ७ गते नै नीति सार्वजनिक गरिएका कारण यस पटक पनि साउन पहिलो सातामै ल्याउने बैंकको तयारी थियो।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया