
बिएल संवाददाता
विशेषगरी उद्योगी एवम व्यवसायीहरुले चासोका साथ हेरिएको मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्नेगरी तयारी थालिएको छ।
यसअघि स्थगित भएको चालु आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्नेगरी नेपाल राष्ट्र बैंकले तयारी थालेको जनाएको छ।
मौद्रिक नीतिका लागि अन्य तयारी सकिएको तर शुक्रबार बस्ने राष्ट्र बैंक सञ्चालक समितिको बैठकले बाँकी प्रक्रिया पूरा गर्ने जनाइएको छ।
काँग्रेस–एमालेको समीकरणपछि बनेको नयाँ सरकारले मौद्रिक नीतिका सवालमा केही अध्ययन गर्न बाँकी रहेको भन्दै यसअघि सार्वजनिक गर्ने कार्यक्रम स्थगित गरिएको थियो।
मौद्रिक नीतिका बारेमा अर्थविद् एवम सरोकारवालाहरुले फरक फरक धारणा राख्दै आएका छन्। गभर्नर महाप्रसाद अधिकारीले लचिलो मौद्रिक नीति ल्याउने संकेत गरिसकेका छन् भने भने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पनि अहिलेको अभावलाई सम्बोधन गर्ने गरी मौद्रिक नीति आउने बताएका छन्।
अघिल्लो वर्ष साउन ७ गते नै नीति सार्वजनिक गरिएका कारण यस पटक पनि साउन पहिलो सातामै ल्याउने बैंकको तयारी थियो।
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया