बिएल संवाददाता
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दुई दशमलव ३५ अङ्कले ओरालो लागेर दुई हजार २३ दशमलव ३५ मा सीमित भएको छ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ०१ अङ्कले उकालो लागेर तीन सय ५८ दशमलव २० मा पुगेको छ।
विभिन्न कम्पनीका कूल ७७ लाख ९५ हजार ३३ कित्ता शेयर रु तीन अर्ब छ करोड ३७ लाख ७२ हजार छ सय ५२ मूल्यमा कारोबार भएको छ।
कारोबार भएकामध्ये आज एक सय २७ कम्पनीको शेयर मूल्य उकालो लागेको छ। यस्तै, एक सय आठ कम्पनीको शेयर मूल्य ओरालो लाग्दा १० कम्पनीको शेयर मूल्यमा भने कुनै परिवर्तन भएन।
नेप्सेका अनुसार सिर्जनशिल लघुवित्तको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ। साथै एनआइसी एशिया लघुवित्तको शेयर मूल्य नौ दशमलव ७२, डोल्टी पावर कम्पनी नौ दशमलव ३५, राप्ती हाइड्रोपावर नौ दशमलव २३ र मिथिला लघुवित्तको शेयर मूल्य आठ दशमलव ७० प्रतिशत बढेको छ।
आजको कारोारमा गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। साथै हिमालयन बैंकको सामूहिक लगानी कोष चार दशमलव ४१, तेह्रथुम पावर कम्पनी चार दशमलव ३८, तारागाउँ रिजेन्सी होटल तीन दशमलव ९३ र ग्लोबल आइएमई ब्यालेन्स फण्डको शेयर मूल्य तीन दशमलव ९१ प्रतिशतले घटेको छ।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया