बिएल संवाददाता
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ट्रेजरी बिल नवीकरण गर्ने भएको छ। कार्यालयले २४ अर्ब ७० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको हो।
केन्द्रीय बैंकले २८ दिन, ९१ दिन, १८२ दिन र १ वर्षको ट्रेजरी बिल नवीकरण गर्न लागेको छ।
मंगलबार (वैशाख ४ गते) उक्त ट्रेजरी बिल जारी हुनेछ र यस ट्रेजरी बिलका लागि सोमबार वैशाख ३ दिउँसो ३ बजे उक्त ट्रेजरी बोलकबोल हुने भएको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले २८ दिनको लागि ५ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण गर्ने र यो ट्रेजरी जेठ १ गते परिपक्व हुनेछ।
यसैगरी ९१ दिनको लागि ७ अर्ब ७० करोड रुपैयाँको ट्रेजरी नवीकरण गर्ने र यो ट्रेजरी साउन १ गते परिपक्व हुनेछ।
त्यस्तै १८२ दिनका लागि ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्ने र यो ट्रेजरी असोज २९ गते परिपक्व हुनेछ।
साथै १ वर्षको लागि ७ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो। यो ट्रेजरी २०८२ वैशाख २ गते परिपक्व हुनेछ।
ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ।
सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन्। बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया