बिएल संवाददाता
गत साता निरन्तर ओरालो देखिएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा यो सातामा कारोबारको पहिलो दिन भने दोहोरो अङ्कको सुधार देखिएको छ।
आज नेप्से परिसूचक १० दशमलव ३७ अङ्कले बढेर दुई हजार ९४ दशमलव ४६ को बिन्दुमा कायम भएको हो।
आज तीन सय ६ कम्पनीको एक करोड सात लाख ५१ हजार एक सय ६४ कित्ता शेयर एक लाख सात सय ८२ पटक खरिद बिक्री हुँदा रू तीन अर्ब ८३ करोड ३७ लाख ७६ हजार पाँच सय ८० बराबरको कारोबार भएको छ।
आज बैंकिङ समूह शून्य दशमलव ०९, होटल तथा पर्यटन समूह एक दशमलव ८६, उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ४९ र म्युचुअल फन्ट शून्य दशमलव ०४ प्रतिशतले घटेको छ।
अरु सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै जलविद्युत् समूह एक दशमलव ३३ र अन्य समूह एक दशमलव ३२ प्रतिशतले बढेको छ।
मिड सोलु हाइड्रोपावर लिमिटेड र माथिल्लो मैलुङ खोला जलविद्युत् लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै गुमाउनेमा भने चन्द्रागिरि हिल्स लिमिटेडको शेयर मूल्य ९ दशमलव ८६ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रु ३३ करोड ५३ लाख ४५ हजार आठ सय ८७ बराबरको शेयर कारोबार भएको छ।
कारोबार भएका शेयर सङ्ख्याका आधारमा ङादी ग्रुप पावर लिमिटेडको छ लाख ९० हजार एक सय २२ कित्ता शेयर किनबेच भएको छ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया