बिएल संवाददाता
यो महिना बैंकहरुले कर्जाको ब्याजदर थप घटाएसँगै शेयर बजारमा उच्च अङ्कको वृद्धि देखिएको छ।
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ५४ दशमलव ५४ अङ्क अर्थात् दुई दशमलव ५७ प्रतिशतले बढेर दुई हजार एक सय ७५ दशमलव १७ को विन्दुमा कायम भएको छ।
आज तीन सय चार कम्पनीको दुई करोड ३३ लाख ७० हजार ५३ कित्ता शेयर एक लाख ३३ हजार ६१ पटक खरिदबिक्री हुँदा रू आठ अर्ब दुई करोड ३८ लाख ६२ हजार चार सय छ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
नेप्सेका सबै सूचक तथा उपसूचकहरु हरियो देखिएका छन्। सेन्सेटिभ इन्डेक्स दुई दशमलव ३८, फ्लोट इन्डेक्स दुई दशमलव ७२ र सेन्सेटिभ फ्लोट इन्डेक्स दुई दशमलव ५९ प्रतिशतले बढेको छ।
सबै समूहका उपसूचक बढेका छन्। सबैभन्दा धेरै वित्त समूहको उपसूचक चार दशमलव ७५ र लगानी समूहको उपसूचक तीन दशमलव ७० प्रतिशतले बढेका छन्।
पाँच कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। बुटवल पावर कम्पनी लिमिटेड, युनाइटेड मोदी हाइड्रोपावर लिमिटेड, हिमालयन पावर पार्टनर लिमिटेड, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड र नेपाल वेयरहाउसिङ कम्पनी लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेको हो। आज सबैभन्दा धेरै घट्नेमा भने ज्योति विकास बैंक बन्ड २०८७ को शेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको रू २८ करोड ३१ लाख ५५ हजार आठ सय दुई बराबरको कारोबार भएको छ। कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको ११ लाख ५० हजार एक सय ३४ कित्ता शेयर किनबेच भएको छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया