शुक्रबार, १५ मे २०२६

प्रधानमन्त्री बालेन्द्र शाहको कालो रंगमा मोह

ओम आचार्य

ओम आचार्य

काठमाडाैं
News Image
• • •

प्रधानमन्त्री बालेन्द्र शाहको कालो रंगमा मोह देखिएको छ।

उनले लगाएको कपडाको रंग र हेर्ने आँखामाथि पनि कालो चस्मा छ। बालेन्द्र शाह मेयर बन्दै प्रधानमन्त्रीसम्म आइपुग्दा नेपाली जनताले उनलाई कालो कपडा र कालो चस्मामा देख्दै आएका छन्।

तत्कालीन गठबन्धनको सरकार जसकाे नेतृत्व एमालेका केपी ओलीले गरेका थिए। त्यही सरकारकोविरुद्ध जेन्जीले आन्दोलन गरेका थिए।

अहिले जेन्जीबाटै प्रधानमन्त्री बनेका छन्, कालो कपडा र कालो चस्मा मोह भएका बालेन्द्र शाह।

सरकारको विरोध गर्नु पर्दा विरोधीहरूले कालो झन्डा देखाउने गरेका छन्। गणतान्त्रिक संविधान घोषणा हुँदै गर्दा त्यही दिनलाई कालो दिन भनेर भन्नै केही समुह पनि छन्। 

कालो रंगलाई विरोधको रुपमा लिने गरिन्छ। उज्यालोको विरोधी हो कालो रंग। २०१७ साल पौष १ गतेलाई पनि कालो दिन भनिन्छ।

दरबार हत्याकण्डको दिनलाई पनि कालो दिन भन्ने गरेका छन् भने ७२ सालको भुकम्पलाई पनि कालो दिनको रुपमा सम्झना गर्छन्। नकरात्मक शक्ति बोध पनि कालै रंगमा छ र हुन्छ भनिन्छ ।

प्रकाशको पूर्ण अनुपस्थितिमा नै कालो हुन्छ। सामान्यतया कालो रंगले हिंसा, द्वेस, विद्रोह रहस्य र दुखलाई संकेत गर्छ। पश्चिमी र अमेरिकीहरूले कालाजातीलाई राम्रो मान्दैनन्। विभेद गरेको देखिन्छ। 

अझ कति विज्ञापनहरू त तपाईंको कालो छालालाई गोरो बनाउने मलम भनेर पनि आएको देखिन्छ। अन्ततः कालोलाई राम्रो मानेका छैनन्।

सपनामा समेत देखिने कालो रंगलाई शुभ मान्दैनन्। कालो काग कालो भैंसी लगायत काला वस्तुहरू सपनामा देख्नु पनि शुभ मान्दैनन्। तर
काली साधना गर्ने र शनि साधना गर्नेहरू कालै पोषाकमा हुन्छ्न् धेरै तन्त्र साधनामा कालो कपडा नै प्रयोग गर्ने गरेका छन् र, यसै रंगलाई शुभ र सिद्धि कारक मान्छन्।

यसै कारण आध्यात्मिक तन्त्र साधनामा कालो रंगकै पोषाक प्रयोग गर्छन्। अदृश्य शक्ति साधनाको तन्त्रमा कालो कपडाको पोषाक भएपनि राजनीतिक तन्त्रमा कालो रंग अत्यन्त न्यून प्रयोग हुने गरेको छ। यसै कारण राजनीतिमा काले रंगलाई नकरात्मक बाेध गर्छन्।

विधी र प्रकृयाको विपरित हुने प्रकृयानै कालो रंगमा हुन्छ। लोकतन्त्रको र स्वतन्त्रताको सुरक्षाको लागी यो रंगलाई राम्रो मान्दैनन्।

प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो सपथ ग्रहण समारोहमा हिन्दु सनातन धर्मका केही बटुकहरू र बौद्ध धर्मवलम्बीहरूबाट स्वस्ति वाचन गर्दै सपथ ग्रहण गर्दा समेत राष्ट्रिय पोषाकमा उपस्थित नभएर कालो रंगकै पोषाक र कालो चस्मामा देखिएका थिए। त्याे शुभ कार्यमा समेत उनकाे यो कालो रंगको मोह अझ बढी देखिएको थियो।

हाम्रा प्रधानमन्त्रीकाे कालो रंगको मोहले भय पैदा गराउँछ। अहिले वर्गीय संगठनहरू खारेज गर्ने, ट्रेडयुनियन खारेज गर्ने, संचार क्षेत्रलाई उपलब्ध गराउँदै आएको विज्ञापनको रोक, संवैधानिक परिषदको नियमावली संशोधन गरि आफ्नो अनुकुल हुने गरी संशोधन गर्नु, नीति तथा कार्यक्रम राष्ट्रपतिबाट वाचन हुँदै गर्दा उठेर हिँड्नु, उनकाे कालो रंगको मोहको प्रभावले नै देखिएको हो कि?

अझ आफ्नै क्याबिनेटबाट निर्णय गरी अधिवेशन आव्हान गर्न राष्ट्रपति समक्ष पठाएको निर्णय पुनः अधिवेशन स्थगनको निर्णय गरी राष्ट्रपति समक्ष पठाउनु र धमाधम अध्यादेश जारी हुनु संसदको सर्वोच्चताको अवहेलना मात्रै हैन संसदमै विश्वास नगरेका हुन् कि?

अहिलेको मौजुदा राजनीतिक व्यवस्थाविरूद्ध बालेन्द्र शाह गए भनेपनि उनकमे शैली र कालो रंगको मोह विचार गर्ने हो भने वर्तमान राजनीतिक व्यवस्थाविरूद्ध त छैनन्? यदी यस्तो भयो भने कुनै आश्चर्य मान्नु पर्दैन। कालो रंग भनेकै विद्रोह हो। अहिले सुकुम्बासी बस्तीमा डोजर आतंक यसैको परिणाम पनि हो।

रास्वपामा उनी वरिष्ठ नेता छन्। सभापति रवि लामिछाने। अहिले रास्वपा भित्र प्रधानमन्त्री बालेन्द्र शाहको कालो रंगको मोहको कालो छाया रास्वपा र सभापति रवि लामिछानेमा परेको छ।

छायामा परेको कुनै पनि विरुवा फस्टाउँदैन, अब रास्वपा र सभापति रवि लामिछानेमा प्रधानमन्त्रीकाे छाया परेको छ। केही महिनाभित्र हुने भनिएको रास्वपाको अधिवेशनमा प्रधानमन्त्री बालेन्द्र सभापति भए भने पनि त्यही कालो रंगको मोहको परिणाम हो भनेर बुझ्दा हुन्छ?

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!