बिएल संवाददाता
आज नोभेम्बर २ अर्थात् बलिउडका चर्चित अभिनेता शाहरुख खानको जन्मदिन हो। ६० वर्षका पुगेका शाहरुख अहिले आफ्नो जन्मदिन मनाउने तयारीमा छन्।
उनी आफ्नो खास दिन अलीबागस्थित आफ्नै फाम–हाउसमा मनाउँदैछन्। जसलाई उनी भव्यका साथ मनाउने योजनामा छन्।
जन्मदिनको पार्टीमा उनका नजिकका साथीहरू भेला हुनेछन्। उनको पार्टीमा डायरेक्टर फराह खान, करण जोहरलगायतको सहभागिता रहनेछ। उनीहरूसँगै अमिताभ बच्चनका नातिनी भव्या नबेली नन्दा पनि शाहरुखको बर्थ डेमा सामेल हुँदैछिन्।
शाहरुखको उक्त घर निकै चर्चित र लग्जरियर्स छ। जसको मूल्य १५ करोड छ। अहिले करोडौं दर्शकहरूको मनमा बस्न सफल भएका उनी कसरी अभिनेता बने।
अभिनयको शौखिन
सानैदेखि शाहरुख खान अभिनयको शौखिन थिए। यतिधेरै कि उनी दिल्लीको रामलीला कमेटी ‘राम चन्द्र छाबडा’ को रामलीलामा अभिनय गर्थे।
उनले एक कार्यक्रममा बर्ताका थिए कि उक्त नाटकमा उनको भूमिका धेरै सानो थियो।
शाहरुखलाई सबैभन्दा पहिले दिल्लीको एक नाट्यकर्मी र थिएटर आर्टका संस्थापक बैरी जोनले भनेका थिए कि उनी फिल्ममा हुनुपर्छ। उनले आफ्नो एक नाटक ‘ऐनी गेट यौर गन’मा काम गरेका थिए।
त्यो समयमा पनि शाहरुख खानले आफ्नो अभिनयको कारण दर्शकहरूको ध्यान तानेका थिए। उनको त्यही अभिनयको कारण पनि मानिसहरूले अनुमान गरिसकेका थिए कि उनी धेरै माथि जानेछन्।
टीएजीका निर्देशक सन्जय रायका अनुसार त्योबेला शाहरुख सबैभन्दा राम्रो अभिनेता थिएनन् तरपनि उनमा स्टार बन्ने लक्षण थियो।
उनले सबैभन्दा पहिले एउटा छोटो फिल्ममा काम गरेका थिए। जसमा उनको चार सीन मात्र थियो। त्यतिबेला उनी दिल्लीको हंसराज कलेजमा अर्थशास्त्रको पढाइ गरिरहेका थिए। तर त्यसका साथै उनले अभिनय पनि सिकिरहेका थिए।
बलिउडमा शाहरुख खानको पहिलो फिल्म थियो, ‘दीवाना’। त्यो फिल्म १९९२ मा सिनेमा हलमा रिलिज भयो, र, उनले त्यहीबाट दर्शकहरूको मनमा स्थान बनाउन थाले।
त्यसपछि उनी प्रेमी बनरे फिल्ममा अभिनय गरे। र, यशराज फिल्म्सका साथमा मिलेर रोमान्सका राजा बनेर उदाए। तर उनको संघर्ष ठुलो पर्दामा आउनअघि नै सुरु भइसकेको थियो।
१५ वर्षको उमेरमा बुबालाई गुमाएका शाहरुख संघर्षबाट कहिल्यै पछि हटेनन्। बरू, सधैं डटेर लडिरहे। र, बलिउडमा आफ्नो एक छुट्टै पहिचान बनाए।
गौरी छिब्बरसँग विवाह
शाहरुख खान र गौरी खानको पहिलो भेट सन् १९८४ मा दिल्लीको पंचशील नगरमा एक क्लब पार्टीमा भएको थियो। त्यतिबेला गौरी खान १४ वर्षकी मात्र थिइन् भने शाहरुख खान १९ वर्षका थिए।
जब शाहरुखको नजर गौरीमाथि पर्यो, उनी गौरीलाई देखेर छक्क परे र उनी गौरी खानसँग पहिलो नजरमा नै प्रेममा परे। त्यस पार्टीमा गौरी एक केटासँग नाचिरहेकी थिइन्, तर लजालु स्वभावका कारण उनले गौरीसँग कुरा गर्ने आँट गरेनन्।
तरपनि शाहरुखले गौरीलाई भेट्ने र कुरा गर्ने निकै कोसिस गरे। गौरी जुन पार्टीमा जाने अपेक्षा गरिएको थियो, त्यो पार्टीमा उनी पुग्थे। उनीहरूको तेस्रो भेटमा उनले कुनै न कुनै तरिकाले गौरीसँग कुरा गर्ने साहस जुटाए र उनको नम्बर मागे।
गौरीको नम्बर पाएपछि पनि उनको प्रेम यात्रा त्यति सहज थिएन। गौरीलाई कसरी फोन गर्ने भन्ने समस्या थियो, किनकि गौरीले फोन गर्दा उनको परिवारका जो कोहीले पनि फोन उठाउन सक्थे। यसका लागि शाहरुख खानले एउटा ट्रिक बनाएका थिए।
उनी आफ्नो एक जना साथीलाई गौरीलाई फोन गर्न भन्थे। जब गौरीको परिवारले फोन उठाउँथ्यो, तब शाहरुखकी साथीले आफ्नो नाम शाहीन भएको बताउँथिन्। यसरी ुशाहीनु नाम कोड वर्ड बनेको थियो। शाहीनको नाम सुनेपछि गौरीले थाहा पाइन् कि यो शाहरुखको फोन हो। यसरी कसैले पनि यो शंका गरेनन् र दुवै जना घन्टौंसम्म कुरा गर्थे।े
रोमान्सको बादशाह भनेर चिनिने शाहरुखल एकपटक गौरीलाई उनको घरमा छोड्न गएका थिए। जब गौरी कारबाट ओर्लदै थिइन्, शाहरुखले भने– ‘म तिमीसँग विवाह गर्न चाहन्छु’ त्यसैले गौरी कुनै जवाफ नदिई त्यहाँबाट निस्किइन्।
शाहरुख खान र गौरी खानले २५ अक्टोबर १९९१ मा विवाह गरेका थिए तर त्यतिबेला शाहरुखले फिल्ममा काम गर्न सुरु गरेका थिए।
त्यतिबेलासम्म उनको एउटा पनि फिल्म रिलिज भएको थिएन। उनले आफ्नो विवाहमा लगाएको लुगा उनको फिल्म ुराजु बन गया जेन्टलम्यानु को सेटबाट भाडामा लिइएको थियो।
शाहरुखसँग विवाहको समयमा धेरै पैसा थिएन, तर अरु जस्तै उनले पनि गौरीलाई वाचा गरेका थिए कि विवाहपछि उनी उनलाई पेरिस लगेर एफिल टावर देखाउनेछन्। तथापि, तिनीहरूलाई यो कुरा राम्ररी थाह थियो कि यो तिनीहरूका लागि सम्भव छैन।
अहिले शाहरुखसँग सबै थोक छ र आज उनी गौरीलाई जहाँ चाहन्छन्, त्यहाँ लैजान सक्छन्। अहिले शाहरुख खान बलिउडका सबैभन्दा धनी अभिनेताको सूचीमा पहिलो स्थानमा छन् भने उनी विश्वका सबैभन्दा धनी अभिनेताको सूचीमा चौथो स्थानमा छन्।
ज्योतिषले पनि छुट्टाउन सकेनन् शाहरुख–गौरीको प्रेम
शाहरुख खान मुस्लिम धर्मका हुन् भने गौरी हिन्दू धर्मकी हुन्। यी दुवै फरक–फरक धर्मका भएका कारण दुवैको परिवार विवाहका लागि तयार थिएनन्। त्यहीपनि दुवैले कुनै न कुनै तरिकाले परिवारका सदस्यलाई विवाहका लागि राजी गराए।
तर गौरीको परिवार शाहरुख खानसँग उनको सम्बन्धलाई लिएर निकै रिसाएका थिए।
एकातर्फ गौरीकी आमा ब्रेकअपका लागि ज्योतिषीकहाँ गइन् भने अर्कोतर्फ गौरीका भाइले शाहरुखमाथि बन्दुक ताने। तरपनि उनीहरू एक भएरै छाडे।
अहिले उनीहरू एकअर्कोसँग खुसी छन् र उनीहरूको तीन वटा सन्तान छन्।
रवि लामिछाने: जेलको चिसो कोठाबाट उठिरहेको नयाँ राजनीतिक ताप
प्रभु बैंककी ‘लेडी बोस्’– सीईओलाई प्रभावमा पारेर बन्दैछिन् डेपुटी, यसरी डुबाउँदैछिन् बैंक
प्रभुको बदमासीमा कुनकुन फाइलमाथि हुँदैछ अनुसन्धान? को–को तानिदैछन्?
आश्रममा फुलिरहेकाे रामप्रसाद–बसन्तीकाे ‘बुढ्याैली’ प्रेम
आन्दोलनको सार्थकता र नेपालले ब्यहोरेको क्षति
मन्दिरकाे ‘भीक’देखि आश्रमसम्म पुगेका ‘लक्ष्मी’का पदचापहरू
प्रभुको बदमासीः ५० लाख डलर अपचलनको तथ्य बाहिरियो, नियामक निकाय राष्ट्र बैंक मौन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया