बिएल संवाददाता
टीवी र फिल्ममा आफूलाई चिनाएर दर्शकहरूको मन जितेका अभिनेता सतीश शाहले संसारबाट बिदा लिइसकेका छन्।
उनी लामो समयदेखि किड्नीको बिरामीबाट लडिरहेका थिए। तर केही दिनअघि मात्र उनी कलकताबाट किट्नी ट्रान्सप्लान्ट गरेर फर्किएका थिए।
अहिले उनको मृत्युको खबरले पूरै बलिउड स्तब्ध छ। यसैबीच उनको पुरानो पोस्ट भाइरल भएको छ। जुन पोस्ट २४ अक्टुबरको थियो।
‘साराभाइ वर्सेस साराभाइ’ जस्तो शोमा काम गरेर उनले आफ्नो पहिचान बनाए। उनले कयौं सुपरस्टारसँग काम गरे। र, आफ्नो अभिनयले सबैको प्यारो बने।
उनी सोसल मिडिया एक्समा निकै सक्रिय थिए। उनले केही समयअघि मात्रै शम्मी कपूरको जन्मदिनमा एउटा पोस्ट सेयर गरेका थिए। उक्त सेयर गरेको तस्बिर २००६ सालको थियो। फिल्म ‘सैन्डविच’को।
उनले फोटो सेयर गर्दै लेखेका थिए, ‘ह्यापी बर्थ डे डियर शम्मी जी। तपाईं सधैं मेरो आसपास हुनुहुन्छ।’
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया