बिएल संवाददाता
बलिउडका अभिनेता रणबीर कपूर र अभिनेत्री दीपिका पादुकोण अहिले आ–आफ्नो जीवनमा खुसी छन्।
कपूरले अभिनेत्री आलिया भट्टसँग विवाह गरेका छन् भने दीपिका अभिनेता रणवीर सिंहसँग वैवाहिक बन्धनमा बाँधिसकेकी छिन्।
अहिले ती दुबैजनाकाे छाेरीहरू छन्। दुबै कलाकार खुसी छन्, आफ्नाे परिवारसँग।
तर कुनै समय एकअर्कासँग प्रेममा रहेका पादुकोण र कपूरको ‘ब्रेकअप’ले खूबै चर्चा बटुलेको थियो।
मिडिया रिर्पोटका अनुसार उनीहरू सन् २००७ सालमा आएको फिल्म ‘बचाना ए हसिनोँ’ बाट साथ आएका थिए। भनिन्छ, त्यही फिल्मबाट उनीहरूबीच नजिकी बढेको थियो। उनीहरू गम्भीर प्रेममा थिए।
झनै दीपिका त यतिसम्म कपूरको प्रेममा डुबेकी थिइन् उनले रणबीरको ‘ट्याटु’ नै आफ्नो गर्दनमा हानेकी थिइन्। तर उनीहरूको प्रेम विवाहमा परिनत हुन सकेन।
खबरको अनुसार दीपिकासँग प्रेम सम्बन्धमा रहँदा नै रणबीरले अरू केटीसँग पनि डेट गरिरहेका थिए। उनलाई धेरै जनाले भनेका थिए, रणबीरको अफेयर अभिनेत्री कैटरीना कैफसँग चलिरहेको छ।
एक इन्टरभ्यूमा दीपिका स्वयमले नै बताएकी थिइन्, रणबीरले ब्रेकअप नगर्नका बिन्ती गरेकी थिए। त्यसकारण उनले कपूरलाई एक मौका दिएकी थिइन्। तरपनि सुध्रिएनन् रणबीर।
दीपिकाका अनुसार उनी स्वंयले रणबीरलाई ‘रंगेहात’ चिट गरिरहेको समयमा समातेकी थिइन्। जसकारण उनको ब्रेकअप भयो। दीपिकासँग टुटेपछि उनी कैटरीनासँग नजिक बढे। उनीहरू लामोसमय ‘लिभ इन टुगेदर’ मा बसे तर विवाह गरेनन्।
सुन्दरीजलमा सुरक्षित बीपीका सम्झना (फोटो फिचर)
कर्नालीका सुइना के साँच्चै ‘हाम्मा सुइना’ हुन्?
सभापतिमा जिते पार्टी पुनः आफ्नो कब्जामा
नियुक्ति लिएको २ साता नबित्दै मुक्तिनाथ विकास बैंकका सीईओको पद धरापमा
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया