
बिएल संवाददाता
एक अभिनेत्रीले आफ्नो करिअरमा कयौं भूमिकाहरू निभाउनुपर्छ।
फिल्म इन्डस्ट्रीमा यस्ता धेरै अभिनेत्रीहरू छन्, जसले आफ्नो स्वभावभन्दा बाहिर गएर अभिनय गरेर दर्शकहरूलाई लोभ्याए।
यस्तै अभिनेत्रीहरूमध्ये एक हुन्, साउथकी रश्मिका मन्दाना। लगातार ब्लकबस्टर फिल्म दिएकी उनले पछिल्लो २ वर्षमा ३ हजार करोडभन्दा धेरैको कारोबार गरेकी छिन्।
उनी अहिले २९ वर्षकी भइन्। तर कयौं सुपरस्टार र फिल्ममेर्कससँग काम गरिसकेकी छिन्। अहिले पनि उनको पोल्टामा ठुला फिल्महरू छन्।
केही महिनामा उनको फिल्म रिलिज हुँदैछ। सन् २०१८ मा अभिनेत्रीले तेलुगु डेब्यू गरेकी थिइन्। तर २०२१ बाट उनको जीवन परिवर्तन भयो।
सन् २०२१ मा जब अल्लु अर्जुनको फिल्म ‘पुष्पाः द राइज’ रिलिज भयो। तब उनी एकाएक चर्चित भइन्। उनको अभिनयको प्रशंसा भयो।
त्यसपछि बलिउडमा पनि उनको लागि ढोका खुल्यो। बलिउड अभिनेता रणबीर कपूरसँग उनको फिल्म ‘एनिमल’ पनि रिलिज भयो। त्यसपश्चात उनले झनै चर्चा कमाइन्।
फेरि २०२४ मा अल्लु अर्जुनसँग रश्मिकाको फिल्म ‘पुष्पाः द रुल’ रिलिज भयो। त्यो फिल्मले पनि नयाँ रेकर्ड कायम गर्यो।
त्योसँगै उनको फिल्म ‘छावा’ रिलिज भयो, विकी कौशलसँग। त्यो फिल्मले पनि राम्रो कमाइ गर्यो। छावासहित पुष्पा र एनिमल फिल्मको कमाइ जोड्ने हो भने फिल्मले ३५०० करोड कमायो।
आफ्नो फिल्मी करिअर सुपरहिट फिल्म दिएकी रश्मिकाको लिस्टमा एउटा ‘फ्लप’ फिल्म पनि जोडियो।
सलमान खानसँग उनको फिल्म ‘सिकन्दर’ फ्लप भयो। जसकारण सलमानलाई करोडौं रुपैयाँको नोक्सान भयो।
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया