बिएल संवाददाता
बलिउडका अभिनेता अक्षय कुमार अहिले आफ्नो आउनेवाला फिल्म ‘हैवान’लाई लिएर चर्चामा छन्।
उनले बलिउडमा काम गरेको कयौं दशक बितिसकेको छ तर अहिले पनि उनको अभिनय देखेर दर्शकहरू चकित छन्।
अक्षयको इन्डस्ट्रीमा धेरै साथीहरू छन् तर त्यसमध्ये केही त्यस्ता साथीहरू पनि छन्, जोसँग अक्षयको सम्बन्ध निकै घनिष्ठ छ।
बलिउडमा उनी एक व्यक्तिलाई धेरै सम्मान र इज्जत दिन्छन्, ती हुन्, अभिनेता चंकी पाण्डे। उनी पनि बलिउडमा नाम चलेका अभिनेता हुन्। उनले कयौं वर्षअघि बलिउडमा पाइला टेकेका थिए।
यही इन्डस्ट्रीबाट उनीहरूको दोस्ती भएको थियो। अक्षयले चंकीलाई आफ्नो मिल्ने साथी मात्र ठान्दैनन्, बरू आफ्नो गुरु पनि ठान्छन्।
अक्षयलाई अभिनय सिकाउने उनै चंकी पाण्डे हुन्। चंकी आफैंले पनि एक इन्टरव्यूमा रमाइलो पारामा बताएका थिए कि उनले नै अक्षयलाई अभिनय सिकाएका थिए, त्यसैले अक्षयले कुनै पुरस्कार नै पाएनन्।
खासमा, अक्षयभन्दा चार–पाँच वर्ष सिनियर छन् चंकी। त्यसैकारण पनि उनले अक्षयलाई अभिनयको बारेमा केही तालिम सिकाएका थिए।
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया