बिएल संवाददाता
बलिउडका अभिनेता अक्षय कुमार अहिले आफ्नो आउनेवाला फिल्म ‘हैवान’लाई लिएर चर्चामा छन्।
उनले बलिउडमा काम गरेको कयौं दशक बितिसकेको छ तर अहिले पनि उनको अभिनय देखेर दर्शकहरू चकित छन्।
अक्षयको इन्डस्ट्रीमा धेरै साथीहरू छन् तर त्यसमध्ये केही त्यस्ता साथीहरू पनि छन्, जोसँग अक्षयको सम्बन्ध निकै घनिष्ठ छ।
बलिउडमा उनी एक व्यक्तिलाई धेरै सम्मान र इज्जत दिन्छन्, ती हुन्, अभिनेता चंकी पाण्डे। उनी पनि बलिउडमा नाम चलेका अभिनेता हुन्। उनले कयौं वर्षअघि बलिउडमा पाइला टेकेका थिए।
यही इन्डस्ट्रीबाट उनीहरूको दोस्ती भएको थियो। अक्षयले चंकीलाई आफ्नो मिल्ने साथी मात्र ठान्दैनन्, बरू आफ्नो गुरु पनि ठान्छन्।
अक्षयलाई अभिनय सिकाउने उनै चंकी पाण्डे हुन्। चंकी आफैंले पनि एक इन्टरव्यूमा रमाइलो पारामा बताएका थिए कि उनले नै अक्षयलाई अभिनय सिकाएका थिए, त्यसैले अक्षयले कुनै पुरस्कार नै पाएनन्।
खासमा, अक्षयभन्दा चार–पाँच वर्ष सिनियर छन् चंकी। त्यसैकारण पनि उनले अक्षयलाई अभिनयको बारेमा केही तालिम सिकाएका थिए।
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया