
बिएल संवाददाता
बलिउडदेखि हलिउडसम्म यात्रा गरिसकेकी अभिनेत्री प्रियंका चोपडा र उनका पति निक जोनास सरोगेसीका माध्यमबाट आमाबाबु बनिसकेका छन् भने बलिउडका ‘किङ खान’ अर्थात् शाहरुख खान पनि आफ्नो परिवारसँग खुसी छन्।
आ–आफ्नो परिवारसँग रमाइरहेका यी दुई जोडी कुनैबेला एकसाथ थिए। उनीहरूबीचको अफेयरले बलिउड नै चर्चामा रह्यो।
सन् २००६ मा आएको फिल्म ‘डन’ बाट प्रियंका र शाहरुखको अफेयरको चर्चा सुरु भएको थियो। त्यहीबाट उनीहरू सँगै एकसाथ देखा परेका थिए। रिर्पोटका अनुसार उनीहरू विदेशमा एकसाथ घुम्नका लागि पनि गएका थिए।
प्रियंका शाहरुखसँग छोटो समयमा नै नजिक भएकी थिइन् र विशेष कार्यक्रमहरू पनि सहभागि भइन्। सुरुवाती दिनहरू प्रियंका शाहरुखको श्रीमती गौरीसँग पनि घुलमिल भइन्।
तर बराम्बर प्रियंका र शाहरुखको अफेयरको चर्चा आउन थालेपछि गौरीले श्रीमानलाई अभिनेत्रीसँग टाढा रहन आग्रह गरिन्। त्यसपछि शाहरुखले प्रियंकासँग फिल्म खेल्न छाडे।
२०१७ सालमा प्रियंका एक चैट शोमा देखा परेकी थिइन्। जहाँ उनले एउटा ज्याकेट लगाएकी थिइन्।
जब उनलाई त्यो ज्याकेटकोबारे सोधिएको थियो। उनले भनेकी थिइन्, ‘यो मेरो पूर्वप्रेमीको ज्याकेट हो। यो एकपटक मेरो साथ आयो र मसँगै रह्यो।’
जब उनलाई पूर्वप्रेमीले ज्याकेट मागेन भनेर सोध्दा उनले भनेकी थिइन्, ‘उसले मागेको थियो तर मैले दिइनँ। मलाई यो ज्याकेटसँग एक लगाव छ।’ तर प्रियंकाले लगाएको उक्त ज्याकेट कुनैबेला शाहरुखले पनि लगाएका थिए।
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया