बिएल संवाददाता
बलिउडदेखि हलिउडसम्म यात्रा गरिसकेकी अभिनेत्री प्रियंका चोपडा र उनका पति निक जोनास सरोगेसीका माध्यमबाट आमाबाबु बनिसकेका छन् भने बलिउडका ‘किङ खान’ अर्थात् शाहरुख खान पनि आफ्नो परिवारसँग खुसी छन्।
आ–आफ्नो परिवारसँग रमाइरहेका यी दुई जोडी कुनैबेला एकसाथ थिए। उनीहरूबीचको अफेयरले बलिउड नै चर्चामा रह्यो।
सन् २००६ मा आएको फिल्म ‘डन’ बाट प्रियंका र शाहरुखको अफेयरको चर्चा सुरु भएको थियो। त्यहीबाट उनीहरू सँगै एकसाथ देखा परेका थिए। रिर्पोटका अनुसार उनीहरू विदेशमा एकसाथ घुम्नका लागि पनि गएका थिए।
प्रियंका शाहरुखसँग छोटो समयमा नै नजिक भएकी थिइन् र विशेष कार्यक्रमहरू पनि सहभागि भइन्। सुरुवाती दिनहरू प्रियंका शाहरुखको श्रीमती गौरीसँग पनि घुलमिल भइन्।
तर बराम्बर प्रियंका र शाहरुखको अफेयरको चर्चा आउन थालेपछि गौरीले श्रीमानलाई अभिनेत्रीसँग टाढा रहन आग्रह गरिन्। त्यसपछि शाहरुखले प्रियंकासँग फिल्म खेल्न छाडे।
२०१७ सालमा प्रियंका एक चैट शोमा देखा परेकी थिइन्। जहाँ उनले एउटा ज्याकेट लगाएकी थिइन्।
जब उनलाई त्यो ज्याकेटकोबारे सोधिएको थियो। उनले भनेकी थिइन्, ‘यो मेरो पूर्वप्रेमीको ज्याकेट हो। यो एकपटक मेरो साथ आयो र मसँगै रह्यो।’
जब उनलाई पूर्वप्रेमीले ज्याकेट मागेन भनेर सोध्दा उनले भनेकी थिइन्, ‘उसले मागेको थियो तर मैले दिइनँ। मलाई यो ज्याकेटसँग एक लगाव छ।’ तर प्रियंकाले लगाएको उक्त ज्याकेट कुनैबेला शाहरुखले पनि लगाएका थिए।
सुन्दरीजलमा सुरक्षित बीपीका सम्झना (फोटो फिचर)
कर्नालीका सुइना के साँच्चै ‘हाम्मा सुइना’ हुन्?
सभापतिमा जिते पार्टी पुनः आफ्नो कब्जामा
नियुक्ति लिएको २ साता नबित्दै मुक्तिनाथ विकास बैंकका सीईओको पद धरापमा
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया