बिएल संवाददाता
सामाजिक सञ्जालमा लागेको प्रतिवन्धपछि सुस्ताएको नेपाली संगित क्षेत्र पुनः चलायमान बन्न थालेको छ। अघिल्लो सरकारले युट्युव, फेसबुक लगाएत सामाजिक सञ्जालमा प्रतिवन्ध लगाएपछि संगितकर्मीहरु गीत सार्वजनिक गर्न अल्मलाएका थिए।
यसैगरी लगत्तै चलेको जेनजी आन्दोलनका कारण पनि संगित क्षेत्र पनि थप अन्योल बनेको थियो। तर अहिले स्थिती सामान्य बन्दै गएपछि संगितकर्मीहरु संगितकर्मको लयमा फर्किएका छन्। कलाकारहरुले गीत रेकर्डिङ संगै गीत सार्वजनिक गर्न सकृय देखिइरहेका छन्। यसैक्रममा शुक्रबार युट्युव मार्फत दाङका विक्रम पोख्रेलको नयाँ गीत सार्वजनिक भएको छ। पोख्रेलले लेखेको लिखित ‘तिम्रै मायाँ लाग्छ’बोलको गीत शुक्रबार सार्वजनिक भएको छ। शिक्षण पेशासँगै कला साहित्य प्रतिको अगाध रुची रहेका पोख्रेलको मायाँ प्रेममा आधारित गीत सार्वजनिक भएको हो। उनले लेखेको यो पहिलो गीत हो।
गीतमा अहिलेकी चर्चित गायिका अस्तिमा अधिकारीले आवाज दिएकी छिन् भने उनलाई मनोज रावतले आवाजमा साथ दिएका छन्। कमल अधिकारीले संगित गरेको यो गीतमा सुरज तिखतारी कमला विके अभिनयमा देखिएका छन्।
‘शिक्षण पेशामा आवद्ध मेरो रुची कला, साहित्य प्रति पनि उत्तिकै रुची हो,’ गीतकार पोख्रेल भन्छन् ‘यसपटक गीतबाट साहित्य लेखनको रुचीलाई प्रस्तुत गर्ने साइत जुराएको छु, मलाई बिश्वास छ आम स्रोता दर्शकहरुको मनमा यो गीत बस्ने छ।’ गीत मार्फत उनले कसै प्रति गरिने अगाध प्रेमलाई उजागर गर्न खोजेका छन्। ‘कसैले कसैलाई र्ने अगाध प्रेमको भावलाई मैले गीतमा उतार्न खोजेको छु,’ विक्रम भन्छन् ‘समग्रमा यो अटुट अनि प्रगाढ प्रेमको कथा हो।’
उसोत,दाङ स्थायी घर भएका पोख्रेलको पारिवारिक पृष्ठभूमि नै कला, साहित्यसंग जोडिएको छ। उनका बुवा विनोद पोख्रेल राजनीतिक बिश्लेषकसंगै अग्रज साहित्यकार हुन्। कविता लेखन संगै गीत लेखनमा समेत सकृय विनोदका पनि दुई ओटा गीत केही समय अघि सार्वजनिक भएका छन्। विनोदका साहित्यिक कृतिहरु पनि सार्वजनिक भैसकेका छन्।
विक्रमका माइला भाई विपुल पोख्रेल पनि गीतकार हुन्। नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष पोख्रेल लामो समय देखि साहित्य लेखनमा सकृय छन्। उनले लेखेका गीतहरु पछिल्लो पटक पनि सार्वजनिक भएका छन् भने केहि गीत सार्वजनिक हुने तयारीमा छन्। यसैगरि विक्रमका कान्छा भाइ बिशाल नायक हुन्। थुप्रै चलचित्रहरुमा अभिनय गरिसकेका विशालको पछिल्लो चलचित्र झिल्को केहि महिना अघि मात्रै रिलिज भएको थियो।
सुन्दरीजलमा सुरक्षित बीपीका सम्झना (फोटो फिचर)
कर्नालीका सुइना के साँच्चै ‘हाम्मा सुइना’ हुन्?
सभापतिमा जिते पार्टी पुनः आफ्नो कब्जामा
नियुक्ति लिएको २ साता नबित्दै मुक्तिनाथ विकास बैंकका सीईओको पद धरापमा
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया