बिएल संवाददाता
बलिउडमा चर्चा कमाएका सलमान खान आफ्नो करिअरमा जति अब्बल छन्, त्यतिनै आफ्नो परिवारप्रति पनि वफादार छन्।
उनी परिवारको लागि सधैं डटिरहे। उनले आफ्नो दुई भाइ अरबाज र सोहेललाई पनि सहयोग गरेका थिए, उनीहरूको करिअर बनाउनका लागि।
तीनै भाइ मिलेर कयौं फिल्ममा काम गरे, जसमा केही प्रोजेक्ट असफल भयो त कुनै प्रोजेक्टले भने सफलता हात पार्यो।
त्यही फिल्महरूमध्ये एक हो, ‘प्यार किया तो डरना क्या’। उक्त फिल्म सुपरहिट भएको थियो। जसमा तीनै भाइहरू जोडिएका थिए। खासमा, सोहेलले फिल्मलाई डायरेक्ट गरेका थिए। र, सलमान र अरबाज फिल्मका हिरो थिए।
उनीहरूसँगै अभिनेता धमेन्द्र पनि देखिएका थिए। भनिन्छ, कि सलमान खानकै सल्लाहमा धमेन्द्रलाई फिल्ममा लिइएको थियो।
धमेन्द्रलाई सलमानले आफ्नो बुबाजस्तो मान्छन्। रिर्पोटका अनुसार सोहलले अरबाज खानको सट्टामा सन्जय दत्तलाई कास्ट गर्न चाहन्थे तर उनले आफ्नो सोच बदले अनि आफ्नो भाइ अरबाजलाई लिए।
७.७५ करोडमा बनाइएको त्यो फिल्मले २५.२४ करोड कमाएको थियो। यतिबेला उनीहरूको फिल्म सुपरहिट भएको थियो।
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया