बिएल संवाददाता
बलिउडका चर्चित जाेडीहरूमध्ये एक हाे, काजाेल–अजय देवगन।
विवाह गरेकाे २६ वर्ष बितिसक्दापनि उनीहरूकाे सम्बन्ध अझैपनि प्रगाढ देखिन्छ।
अहिले एकअर्काेसँग खुसी रहेका उनीहरूकाे विवाह कसरी भयाे त?
नब उनीहरूकाे विवाह भयाे, त्यतिबेला दुबै जना आफ्नो करियरको शिखरमा थिए र स्टार बनिसकेका थिए।
तर सुरूमा अजयले काजाेलसँग विवाह गर्ने निर्णय गर्दा उनका बुबा यसकोविरुद्धमा थिए।
तर, काजोलले भने अजयलाई आफ्नो जीवनसाथीको रूपमा राेजिसकेकी थिइन्।
१७ वर्षको विवाहपछि एक अन्तर्वार्तामा काजोल आफैंले अजयसँग विवाह गर्नुको रहस्य खोलिन्।
काजोलले एक अन्तर्वार्ता भनेकी थिइन्, 'त्यतिबेला म आफ्नो करियर र जीवनमा विराम चाहन्थेँ। म हरेक वर्ष चारदेखि पाँच फिल्ममा काम गर्थेँ। मसँग सबै थोक थियो - पैसा, प्रसिद्धि र सफलता। तर, म आफ्नो लागि समय र शान्ति खोजिरहेको थिएँ। त्यसपछि मैले विवाह गर्ने निर्णय गरें र वर्षमा एउटा मात्र फिल्ममा काम गर्ने सोचें।'
काजोल र अजयको पहिलो भेट १९९५ मा रिलिज भएको फिल्म 'हलचल' को सेटमा भएको थियो।
यस समयमा दुवैले धेरै फिल्महरू गरे र उनीहरूबीच निकटता बढ्दै गयो। चार-पाँच वर्ष डेट गरेपछि दुईले फेब्रुअरी १९९९ मा विवाह गरे।
अहिले अजय-काजोल दुई सन्तानका आमाबाबु हुन्। उनीहरूकाे छोरीकाे नाम न्यासा देवगन हाे भने छाेरा युग।
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया