बिएल संवाददाता
करण जौहरले दर्शकहरूलाई त्यस्ता धेरै फिल्महरू दिएका छन्, जुन ‘रोमान्स’ले भरिएको छ।
त्यतिमात्रै होइन उनले फिल्मबाट जोडी पनि बनाएका छन्। त्यसैले उनलाई ‘म्याच–मेकर’को पनि नाम झुन्ड्याइदिएको छ।
बलिउडको कयौं जोडीलाई उनले प्रेम सम्बन्धमा मात्र होइन विवाहसम्म पुर्याइदिएका छन् करणले।
त्यहीबीच उनी कयौं पटक आफ्नो व्यक्तिगत जीवनको कारण पनि चर्चामा आएका छन्।
आफूलाई सफल बनाएर चर्चा कमाएका करणले फेरि त्यस्तो काम गरेका छन् जसकारण उनी चर्चामा आएका छन्।
करणले खुल्लेआमा बनिदिएका छन् कि उनको मनमा को छन् र कसको प्रेममा छन्।
कसलाई प्रेम गर्छन् करण जौहर?
५२ वर्षका करण प्रेममा छन्। जसको खुलासा स्वंय करणले भनै गरेका हुन्। उनले सोसल मिडियामा एक पोस्ट सेयर गरेका छन्। जहाँ उनले बताएका थिए कि उनी कसैको प्रेममा छन्।
पछिल्लो समय उनले भनेका थिए कि उनी सिंगल थिए। तर हालै सेयर गरेको पोस्टमा भने उनले आफू प्रेममा रहेको बताएका छन्।
करणले हालै इन्स्टाग्राममा स्टोरी सेयर गरेका छन्। जहाँ उनले बताएका छन् कि उनी कसैसँग डेट गर्दैछन्।
आफ्नो पोस्टमा करणले लेखेका छन् कि ‘म इन्स्टाग्रामको डेट गरिरहेको छु। उसले मलाई सपना देखाउँछ, मेरो कुरा सुन्छ। मलाई आफ्नो सपना पछ्याउन मदत गर्छ। यतिसम्म कि यसले मेरो खर्च पनि उठाउँछ। त्यसैले म योसँग किन प्रेम नगर्नु र?’
अहिले उनको त्यो पोस्ट भाइरल भइरहेको छ।
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया