बिएल संवाददाता
पुस २६ गते रिलिज हुने चलचित्र ‘कार्साङ’को अग्रिम बुकिङ खुला भएको छ।
क्यूएफएक्स चेनलगायत केही मल्टिप्लेक्सले ‘कार्साङ’को अग्रिम टिकट बुकिङ खुला गरेका हुन्।
देशभरका हलहरूले सुखद् शो दिँदै बुकिङ खुलाएसँगै देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्समा यो चलचित्रले काठमाडौं उपत्यकाका आउटलेटमा २५ शो पाएको छ।
काठमाडौं बाहिरका स्टेशनमा पनि ‘कार्साङ’लाई क्यूएफएक्सले समान २८ शो उपलब्ध गराएको छ। ‘कार्साङ’ले पाएको शो राम्रो हो। वर्ड अफ माउथ बलियो बन्दै जाँदा शो थपिँदै जाने हो।
यसै गरी दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआई सिनेमाजले आफ्ना तीनवटा आउटलेटमा १५ शो दिएको छ।
त्यसैगरि, एफ क्युब सिनेमाजले र विएसआर मुभिजले सम्मान ६–६ शो उपलब्ध गराएका छन्। बिग मुभिजले, वान सिनेमाजमा भने बुकिङ खुला हुन बाँकी छ।
चलचित्र ‘कार्साङ’मा यम शेर्पाको लेखन तथा निर्देशन रहेको छ। ‘कार्साङ’ ग्रामीण परिवेशमा आधारित पारिवारिक कथावस्तुमा केन्द्रित रहेको निर्देशक शेर्पाले बताएका छन्।
२ घन्टा ५ मिनेटको ’कार्साङ’ ले अभाव, गरिबी र शेर्पा समुदायको सांस्कृतिक कथावस्तुलाई प्रस्तुत गर्नेछ। यो चलचित्रले दर्शकको मन जित्न सफल हुने विश्वास निर्माण पक्षको छ।
चलचित्र ‘कार्साङ’मा दयाहाङ राई, सिर्जना निङलेखुसँगै जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितलगायत कलाकारको अभिनय रहेको छ।
यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा बनेको यो चलचित्रका निर्माता तथा छायांकार पुरुषोत्तम प्रधान हुन्। सह–निर्मातामा गोविन्द बोहरा छन्। आङछिरिङ शेर्पा प्रस्तुतकर्ता हुन्।
अभिनेता दयाहाङ राईको नयाँ चलचित्र ६ महिनाको अन्तरालपछि हलमा लाग्दैछ।
सुन्दरीजलमा सुरक्षित बीपीका सम्झना (फोटो फिचर)
कर्नालीका सुइना के साँच्चै ‘हाम्मा सुइना’ हुन्?
सभापतिमा जिते पार्टी पुनः आफ्नो कब्जामा
नियुक्ति लिएको २ साता नबित्दै मुक्तिनाथ विकास बैंकका सीईओको पद धरापमा
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया