बिएल संवाददाता
हिन्दी सिनेमाकी चर्चित अभिनेत्री पूनम ढिल्लनले आफ्नो अभिनयले सबैको मनमा राज गरेकी छिन्।
तर अहिले पूनम ढिल्लनसँग जोडिएको एउटा खबर बाहिर आएको छ। अभिनेत्रीको घरमा चोरी भएको खुलेको छ।
उनकाे घरमा चाेरी गर्ने व्यक्तिलाई प्रहरीले समातिसकेकाे छ। समातिएका व्यक्ति समीर अन्सारी हुन्। उनीमाथि हिराकाे हार र ३५ हजार चाेरेकाे आरोप छ।
पूनम ढिल्लनको घरमा पेन्टिङको काम चलिरहेको थियो। उनी विगत केही दिनदेखि चित्रकलाको काम गरिरहेका थिए। यसैबीच उनको नजर खुल्ला रहेकाे दराजमा पर्याे। त्याे देख्नासाथ उनले बहुमूल्य सामान चोरेर भागेका थिए।
पूनम ढिल्लन प्रायः उनको जुहूको घरमा बस्छिन्। तर उनका छोरा अनमोल भने त्यही घरमा बस्छन्। र, अभिनेत्री पनि छाेरासँग कहिलेकाहीँ बस्ने गरेकी छन्।
प्राप्त जानकारी अनुसार पूनमका छाेरा दुबईबाट फर्किएका थिए। र, उनले घरबाट महँगाे सामान हराएकाे थाह पाए।
त्यसपछि पुलिसकहाँ रिर्पाेट लेखाएर सामान चाेर्ने व्यक्ति समातिएकाे बताइएकाे छ। पक्राउ परेका उनले पैसा भने खर्च गरेका थिए।
पेन्टिङकाे काम गर्नका लागि समीर केही दिनदेखि पूनमकाे घरमा बसिरहेका थिए। त्यसैकारण उनले सामान चाेरेकाे प्रहरीमा स्वीकारेका छन्।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया