बिएल संवाददाता
नेपाली चत्रचित्र ‘फिरफिरे फिरिरी’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ।
माघ ४ गतेबाट प्रदर्शनमा आउन लागेको चत्रचित्र ‘फिरफिरे फिरिरी’ को सोमबार निर्माण पक्षले एक विशेष समारोहकाबीच अफिसियल ट्रेलर सार्वजनिक गरेको हो।
ट्रेलर सार्वजनिक गर्दै निर्देशक नबिन भट्टले यो हरर–कमेडी फिल्म भएको बताए। उनले नेपालमा विरलै प्रयोग भएको जनरा हरर–कमेडी फिल्म भएको बताए।
उनले भने , ‘नेपालमा विरलै प्रयोग भएको जनरा हो, हरर–कमेडी। बलिउडमा यो जनरा सर्वाधिक सफल देखिए पनि नेपालमा प्रायः हरर् वा कमेडी कथामा मात्र फिल्म बनेका छन्। ‘फिरफिरे फिरिरी’ भने हरर–कमेडी हो।’
फिल्मले हँसाउने र तर्साउने दुवै उद्देश्य बोकेको भट्टले बताए।
भट्टको निर्देशनमा तयार भएको फिल्मबाट सन्दीप श्रेष्ठ र भावना उप्रेतीले डेब्यु गरेका छन् भने रविना केसी, पिटर प्रिन्स, मनोज कुमार अधिकारी, शंकर सेढाई, सूर्यमान लिम्बू, पुष्प अवस्थी लगायतको पनि अभिनय छ।
निर्देशक भट्ट र सन्दीप श्रेष्ठले फिल्मको स्क्रिप्ट तयार पारेका हुन्।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया