बिएल संवाददाता
नेपाली चत्रचित्र ‘फिरफिरे फिरिरी’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ।
माघ ४ गतेबाट प्रदर्शनमा आउन लागेको चत्रचित्र ‘फिरफिरे फिरिरी’ को सोमबार निर्माण पक्षले एक विशेष समारोहकाबीच अफिसियल ट्रेलर सार्वजनिक गरेको हो।
ट्रेलर सार्वजनिक गर्दै निर्देशक नबिन भट्टले यो हरर–कमेडी फिल्म भएको बताए। उनले नेपालमा विरलै प्रयोग भएको जनरा हरर–कमेडी फिल्म भएको बताए।
उनले भने , ‘नेपालमा विरलै प्रयोग भएको जनरा हो, हरर–कमेडी। बलिउडमा यो जनरा सर्वाधिक सफल देखिए पनि नेपालमा प्रायः हरर् वा कमेडी कथामा मात्र फिल्म बनेका छन्। ‘फिरफिरे फिरिरी’ भने हरर–कमेडी हो।’
फिल्मले हँसाउने र तर्साउने दुवै उद्देश्य बोकेको भट्टले बताए।
भट्टको निर्देशनमा तयार भएको फिल्मबाट सन्दीप श्रेष्ठ र भावना उप्रेतीले डेब्यु गरेका छन् भने रविना केसी, पिटर प्रिन्स, मनोज कुमार अधिकारी, शंकर सेढाई, सूर्यमान लिम्बू, पुष्प अवस्थी लगायतको पनि अभिनय छ।
निर्देशक भट्ट र सन्दीप श्रेष्ठले फिल्मको स्क्रिप्ट तयार पारेका हुन्।
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया