बिएल संवाददाता
संजय न्यौपानेको निर्देशनमा निर्माण भएको म्युजिक भिडियो ‘हारे हारे’ सार्वजनिक गरिएको छ।
बुधबार अंग्रेजी नयाँ वर्षको अवसर पारेर सार्वजनिक गरिएको म्युजिक भिडियोमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र विशाल खरेल फिचर्ड छन्।
यही टिमले यसअघि नेपालकै सार्वाधिक मंहगो दाबी गरिएको म्युजिक भिडियो ‘मालती’ निर्माण गरेको थियो। बुधबार सार्वजनिक गरिएको नयाँ म्युजिक भिडियो ‘हारे हारे’मा साम्राज्ञी र विशाल रोमान्टिक अवतारमा प्रस्तुत छन्।
यो भिडियो पनि थाइल्याण्डका रमणीय स्थानमा खिचिएको हो।
एलए स्टुडियो इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको म्युजिक भिडियोमा नेपाल आइडल सिजन २ बाट चर्चामा आएका सुमित पाठक र ममता गुरुङको स्वर सुन्न सकिन्छ।
गीतको शब्ल रचना, कम्पोज र एरेञ्ज गायक पाठक स्वंयमले गरेका हुन्। सौरभ लामाको डिओपी रहेको म्युजिक भिडियोलाई निर्देशक न्यौपाने र कमल खतिवडाले निर्माण गरेका हुन्।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया