बिएल संवाददाता
रवि किशन आफ्नो अभिनयको कारण चर्चित छन्। आफ्नो खास अन्दाजको कारण उनी सिनेमा क्षेत्रमा परिचित छन्।
भोजपुरी फिल्मका चचिृत अभिनेता उनले बलिउडमा पनि फिल्म खेलेका छन्। जहाँ उनले आफ्नो अभिनयको कारण आफूलाई चिनाउन सफल भए।
खासमा, बाल्यकालदेखि नै अभिनयमा रुची थियो रवि किरणको। त्यही अभिनयको शौकिनको कारण उनले राम–लिलामा पनि काम गरे। तर उनको त्यही अभिनयको कारण उनले आटनै पिताबाट कुटाइ खाए।
एक राम–लिलामा रवि किशनले सीताको भूमिका निभाएका थिए। तर जब त्यो कुरा उनको बुबाले थाहा पाए। तब उनलाई बेल्टले कुट्न थाले।
एक अन्तवार्ताको क्रममा रविले बताएका थिए कि जब उनी १४ वर्षका थिए। तब उनी घरपरिवारसँग लुकीछुपी रामलिलामा सीताको भूमिका गर्नका लागि जान्थे।
तर जब त्यो कुरा उनका पिताले थाह पाए, त्यसपछि उनले नमज्जासँग कुटाइ खाए। रवि किशनका अनुसार पिता यतिधेरै रिसाएका थिए कि उनले घरै छोड्न पर्यो।
उनलाई बुबाले कुटेको रात आमालाई लागेको थियो कि उनी कुटाइ खाएरै मर्नेछन्। त्यसैले आमाले उनलाई पाँच सय रुपैयाँ दिएर भनेको थिइन्, ‘रेलमा चढेर भागिहाल। नभए तँलाई उसले मार्नेछ।’
उनले पनि आमाको कुरा मानेर १४–१५ वर्षको उमेरमा मुम्बई छिरे।
कुनैबेला सीताको अभिनय गरेर कुटाइ खाएका किशन अहिले भने चर्चित अभिनेता हुन्। र, अब उनको फिल्म अभिनेता अजय देवगनसँग आउने भएको छ। ‘सन अफ सरदार–२’मा उनको अभिनय देखिने बताइएको छ।
पछिल्लो समय मात्र उनी आमिर खान र किरण रावको फिल्म ‘लापत्ता लेडीज’मा देखिएका थिए। जहाँ उनको अभिनयको खूबै प्रंशसा भएको थियो।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया