बिएल संवाददाता
कन्दरा ब्याण्डले नयाँ वर्ष सन् २०२५ लाई मध्येनजर गर्दै नयाँ गीत ‘हुनेछः द सङ्ग अफ होप’ सार्वजनिक गर्ने तयारी गरेको छ। पोखरामा ३२ वर्षअघि स्थापित कन्दराले छिट्टै गीत सार्वजनिक गर्ने तयारी गरेकाे छ।
ब्याण्डका ड्रम वादक सुनिल थापाले गीतकाे शब्द तथा सङ्गीत तयार पारेका हुन्। यो गीतलाई आशा र प्रेरणा दिने सन्देशका रूपमा प्रस्तुत गर्न लागिएको छ।
देशमा सकारात्मक परिवर्तन ल्याउन प्रत्येक व्यक्तिले आफ्ना सोच, व्यवहार र आचरणमा सुधार गर्नुपर्ने विचारलाई यो गीतले जोड दिने जनाइएको छ।
यसअघि नै प्रधानमन्त्री केपी शर्मा ओलीलेसमेत यस गीतको सफलताको शुभकामना दिएका थिए।
कन्दरा ब्याण्डका ‘लेककी हे माया’, ‘विदेसिएर गइन् उनी’, ‘चञ्चले कान्छीको’, ’भेडी गोठैमा’, ’हङकङ पोखरा’, ‘तगारोमा रुमाल’ र ’बिचरा म’ जस्ता गीतहरू नेपाली सङ्गीतमा मौलिक लोक पपको सुगन्ध छर्दै ऐतिहासिक बनेका छन्।
पश्चिमा शैलीको पप गीतमा नेपाली लोक स्वाद मिसाउँदै आएको यो ब्याण्डले आफ्नो मौलिकता कायम राख्दै श्रोतामाझ विशिष्ट स्थान बनाउन सफल भएको छ।
कन्दराको वर्तमान लाइनअपमा भोकलमा विवेक श्रेष्ठ, ड्रम्समा सुनिल थापा, लिड गिटारमा देव लामा, बास गिटारमा पङ्कज झा, मादलमा अविनाश गायक र किबोर्डमा उमेश थापा छन्।
हाल कन्दरा ब्याण्ड आन्तरिक र बाह्य पर्यटनलाई बढवा दिने उद्देश्यका साथ देश घुम्न, देश बुझ्न ‘पहिला घरदेश अनि परदेश’ नारासहित नेपाल टुरअन्तर्गत गण्डकी, कोशी र बागमती प्रदेशमा सफलताका साथ प्रस्तुति सम्पन्न गरिसकेको छ।
यही जनवरी २०२५ देखि बेलायतको लण्डनस्थित ऐतिहासिक ‘ओ टु अरीना, इण्डिगो’ बाट वल्र्ड टुरको प्रारम्भ गर्दैछ। लगत्तै दुबईमा प्रस्तुति दिने ब्याण्डले मार्च–अप्रिलमा अस्ट्रेलिया र न्युजिल्याण्ड, मेमा अमेरिका, जुनमा क्यानडा र जुलाई–अगस्टमा युरोपका विभिन्न देशपछि अगस्ट–सेप्टेम्बरमा जापानमा आफ्नो साङ्गीतिक प्रस्तुति दिने कार्यक्रम तय गरेको छ।
साथै कतार र सिंगापुरमा पनि साङ्गीतिक प्रस्तुति दिने कार्यक्रम छ।
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया