बिएल संवाददाता
पछिल्लाे समय सबैभन्दा चर्चित फिल्म बनेकाे छ,'पुष्पा–२'। उक्त फिल्मले बक्स अफिसमा नयाँ रेकर्ड बनाइरहेकाे छ।
एक्सन, क्राइम र ड्रामाले भरिपूर्ण फिल्मले भारतीय बक्स अफिसमा एक सातामा ६४७ करोड ३१ लाख भारू कमाएको भारतीय सञ्चारमाध्यमले जनाएकाे छ।
उक्त फिल्ममा काम गरेबापत अल्लु अर्जुनले ३०० कराेड लिएका थिए। र, महँगा अभिनेता बने। तर अहिले अल्लुलाई त्यही फिल्मले प्रहरीकाे फन्दामा पुर्याएकाे छ।
गत डिसेम्बर–४ मा हैदराबादको सन्ध्या थिएटरमा तेलुगु सुपरस्टार अल्लु अर्जुनकाे फिल्म पुष्पा–२ प्रर्दशन भइरहेकाे थियाे।
त्यहीक्रममा थिएटरमा भागदाैड मच्चियाे। जहाँ ३५ वर्षीया एक महिलाको मृत्यु भएको थियो भने उनका छोरा गम्भीर घाइते भए।
मृतक महिलाकाे परिवारले दिएकाे उजुरकाे आधारमा प्रहरीले थिएटरका एक सञ्चालक, सिनियर म्यानेजरर, इञ्जार्जलगायत अल्लुलाई पक्राउ गरेकाे हाे।
खासमा अल्लु उक्त घटनाकाे कारण तेलंगाना उच्च अदालत पुगेका थिए।
एक रिपोर्टका अनुसार, अल्लुले बुधबार तेलंगाना उच्च अदालतमा निवेदन दिएका थिए।
महिलाको मृत्यु प्रकरणमा आफूविरुद्ध दर्ता भएको एफआइआर खारेज गर्न माग गर्दै निवेदनको सुनुवाइ नभएसम्म पक्राउ र अन्य कानुनी कारबाही रोक्न आग्रह गरेका थिए।
भलै, यसअघि अल्लुले मृतककाे परिवारप्रति समवेदना व्यक्त गरेका थिए र, २५ लाख भारू दिने घाेषणा समेत गरेका थिए।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया