बिएल संवाददाता
कवि तथा कथाकार खेम बतासकाे शब्द, किरण भुसालकाे सङ्गीत र स्वरमा हिमालय भट्टले भर्खरै बजारमा नयाँ गीत ल्याएका छन्। किरण भुसाल युट्युब च्यानलबाट सार्वजनिक गरेकाे ‘इजा’ शीर्षककाे गीतमा सुदूरपश्चिमका विभिन्न पर्यटकीय क्षेत्रका अनुपम दृष्टचित्रहरु रहेका छन्।
मुलतः बसाइँसराइ गरेर जन्मस्थानबाट विदेशमा बस्नेहरुमा समर्पित गीतमा विश्वकाे जुनसुकै स्थानमा पुगे पनि जन्मभूमिलाई बिर्सन नहुने भाव व्यक्त गरिएकाे छ। गैरडाेटेली भाषी भएर पनि गीतलाई उचित न्याय दिनु गायक किरण भुसालकाे शक्ति रहेकाे छ। सम्भवतः डाेटेली भाषाका लेखिएकाे गजललाई पहिलाेपल्ट गीतकाे रुपमा आएकाे गीतकार खेम बतासले बताए।
गीतले सुदूरपश्चिमकाे माैलिकतालाई बाेकेकाे छ। ‘इजा’ भनेकाे डाेटेली भाषामा आमा हुन्छ। प्रकृतिकाे मानवीकरण गरिएकाे उक्त गजल गीतले ठाडी भाकाकाे लयलाई टपक्क टिपिएकाे छ। किरण भुसालले यसअघि चलचित्र प्रेमगंज र पशुपति प्रसाद- २ भष्मे डनमा संगीत दिइसकेका छन।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया