बिएल संवाददाता
अभिनेता तथा चलचित्र निर्देशक सुदर्शन थापा पक्राउ परेका छन्।
ठगी तथा आपराधिक विश्वासघातको आरोपमा उनलाई साेमबार दिउँसो बालुवाटारबाट पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ।
प्रहरीका अनुसार चलचित्र ‘रावायण’को छायांकनका लागि बालुवाटारस्थित रोयल अम्पायर होटल परिसरबाट पुगेका थापालाई छायांकनअघि नै प्रकाउ गरिएकाे हाे।
‘प्रसाद २’का निर्माता सुदर्शन बस्नेतले आफ्नाे मञ्जुरीबिना फिल्म प्रदर्शन गरेर एक कराेड बढी रुपैयाँ ठगी गरेकाे आराेपमा थापाविरुद्ध जिल्ला प्रहरी परिसर, काठमाडाैँमा गत साउन १० गते उजुरी दिएका थिए। उक्त उजुरीपछि अनुसन्धानकाे लागि प्रहरीले पक्राउ पुर्जीसमेत जारी गरेकाे थियाे। सुदर्शन ‘प्रसाद २’ निर्देशकसमेत हुन्।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया