बिएल संवाददाता
अभिनेता अनमोल केसी पक्राउ परेका छन्।
आपराधिक विश्वासघात गरेको आरोपमा उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौँको टोलीले शुक्रबार पक्राउ गरेको हाे।
रावायण नामक चलचित्रमा भएको विवादलाई लिएर निर्माता समूहले उनीविरुद्ध आपराधिक विश्वासघातको कसुरमा किटानी जाहेरी दिएका थिए। साेही आधारमा केसीलाई शुक्रबार साँझ साँगाबाट पक्राउ गरिएकाे हाे।
चलचित्र ‘रावायण’ का लागि दश लाख एड्भान्स लिएर साइन गरेर पनि उनले उक्त चलचित्रमा खेल्न नमानेकाे, चलचित्रमा कुनै सम्झौता नै नभएको भनेर अभिव्यक्ति दिएपछि फिल्मकी निर्माता सुप्रिया कटुवालले जाहेरी दिएकी थिइन्।
केसीविरुद्ध केही दिनअघि पक्राउ पुर्जी जारी भए पनि उनी आज मात्रै पक्राउ परेका हुन्।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया