बिएल संवाददाता
बलिउड अभिनेता गोविन्दाकी पत्नी सुनिता आहुजाले सम्बन्धविच्छेदको मुद्दा फिर्ता लिएकी छन्।
बुधबार सुनीता आफ्ना छोरा यशवर्धन आहुजासँग मुम्बईको पारिवारिक अदालतमा देखिएकी थिइन्।
मिडिया कुराकानीमा गोविन्दाका म्यानेजर शशि रञ्जनले सुनीताले गोविन्दाविरुद्ध दायर गरेको सम्बन्धविच्छेदको निवेदन फिर्ता लिएको जानकारी दिए।
सुनिताले करिब दुई वर्षअघि दायर गरेको सम्बन्धविच्छेदको मुद्दा फिर्ता लिएपछि गोविन्दा र अभिनेत्री कोमल रानी स्वर्णकारबीच विवाहको योजना रहेको दाबी गरेकी छन्।
भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सका अनुसार सुनिताले अभिनेत्री राखी सावन्तसँग फोन कुराकानी गर्दै आफूले सम्बन्धविच्छेदको मुद्दा फिर्ता लिनुको कारण खुलाएकी हुन्।
सुनिताले आफूले सम्बन्धविच्छेदको निवेदन फिर्ता लिनुको कारण गोविन्दा र कोमल विवाह गर्ने योजनामा रहेको बताइन्। उनले कोमलसँग गोविन्दालाई सँगै देख्दा आफूलाई निकै दुःख लागेको पनि बताएकी छन्।
केही दिनअघि गोविन्दा र कोमललाई विमानस्थलमा सँगै देखिएपछि उनीहरूको सम्बन्धबारे चर्चा चुलिएको थियो। त्यसपछि सुनिताले गोविन्दालाई कोमलको ‘सुगर ड्याडी’ भन्दै टिप्पणी गरेकी थिइन्।
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया