बिएल संवाददाता
बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की सांसद कंगना रनौत र योगगुरु बाबा रामदेव बीच सामाजिक सञ्जालमार्फत तीखा आरोप–प्रत्यारोप भएको छ।
आफ्ना विवादास्पद अभिव्यक्तिलाई लिएर रामदेवले गरेको टिप्पणीपछि कंगनाले इन्स्टाग्राममार्फत कडा जवाफ दिएकी हुन्।
उक्त विवाद कंगनाले केही युवा प्रदर्शनकारीलाई ‘जेनेरेसन गटर’ भनेको अभिव्यक्तिबाट सुरु भएको थियो। त्यसपछि उनले आफ्नो भनाइ सबै युवाप्रति लक्षित नभई आफूलाई ‘कक्रोच’ भन्ने केही व्यक्तिप्रति मात्रै लक्षित रहेको स्पष्ट पारेकी थिइन्।
उनका अनुसार, ‘यदि कसैले आफूलाई कक्रोच भन्छ भने कक्रोच गटरमै बस्छ भन्ने कुरा स्वाभाविक हो। मैले सबै युवालाई गटरको भनेकी होइन, केही व्यक्तिलाई मात्रै संकेत गरेकी हुँ।’
यसै विषयमा सञ्चारकर्मीसँग कुरा गर्दै बाबा रामदेवले कंगनाको टिप्पणीको आलोचना गरेका थिए।
समाचारको स्क्रिनसट साझा गर्दै कंगनाले रामदेवको भनाइ उद्धृत गरिन। जसमा रामदेवले ‘उनको विगत कस्तो थियो र युवावस्था कस्तो थियो ?’ भन्ने प्रश्न उठाएको उल्लेख थियो।
यसको जवाफमा कंगनाले इन्स्टाग्राममा लेखेकीछन,‘बाबाजी, मेरो जवानी वा बेडरुमको सपना नदेख्नुस्। हल्ला र अफवाहका आधारमा अनुमान लगाउन सकिन्छ, तर ममाथि सर्वोच्च अदालतले झुटा वा भ्रामक प्रभावकारिता दाबी गरेको भन्दै फटकार लगाएको छैन।’
उनले थप लेखेकीछन,‘मलाई चरित्रको पाठ नपढाउनुस्। मेरो चरित्र तपाईंभन्दा धेरै राम्रो छ, यहाँ कुनै ठगी भएको छैन।’ कंगनाको टिप्पणी सन् २०२४ मा पतञ्जलि आयुर्वेदको भ्रामक विज्ञापनसम्बन्धी मुद्दातर्फ लक्षित थियो।
उक्त मुद्दामा बाबा रामदेव र आचार्य बालकृष्णले सर्वोच्च अदालतमा शपथपत्रमार्फत बिना शर्त माफी माग्दै भविष्यमा यस्ता भ्रामक औषधीय दाबी वा आधुनिक चिकित्साविरुद्ध अपमानजनक टिप्पणी नगर्ने प्रतिबद्धता जनाएका थिए।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया