बिएल संवाददाता
कपिल रिजाल निर्देशित फिल्म ‘गौंथली’ले घरेलु बक्सअफिसमा २० करोड रुपैयाँभन्दा बढी ग्रस कमाउँदै सर्वाधिक कमाउने नेपाली फिल्मको सूचीमा तेस्रो स्थान हासिल गरेको छ।
फिल्मले सोमबार दिउँसो ४ बजेसम्म २० करोड १० लाख रुपैयाँ ग्रस कमाएको हो। उक्त अवधिसम्म फिल्मलाई ७ लाख २९ हजार दर्शकले हेरेका छन्।
‘गौंथली’ले सोमबार नै समीर भट्ट स्टारर फिल्म ‘१२ गाउँ’को बक्सअफिस कमाइलाई उछिनेको हो। ‘१२ गाउँ’ले घरेलु बक्सअफिसमा १९ करोड ९२ लाख रुपैयाँ ग्रस कमाएको थियो।
यससँगै ‘गौंथली’ सर्वाधिक कमाउने नेपाली फिल्मको सूचीमा तेस्रो स्थानमा पुगेको छ। अब ‘गौंथली’भन्दा बढी कमाउने नेपाली फिल्ममा ‘कबड्डी ४’ र ‘पूर्णबहादुरको सारंगी’ मात्र रहेका छन्।
फिल्मले लगातार दर्शकको राम्रो साथ पाइरहेकाले यसको कमाइ अझै बढ्ने अपेक्षा गरिएको छ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया