बिएल संवाददाता
फिल्म ‘लालीबजार’ प्रदर्शनमा आएको ३०औं दिनमा समेत हाउसफूल देखिएको छ।
निरन्तर महिना दिनसम्म हाउसफूल भएपछि अभिनेत्री स्वस्तिमा खड्का, अभिनेता रवीन्द्रसिंह बानियाँ, नव अभिनेता विशाल देवकोटा, कार्यकारी निर्माता प्रदीप भट्टराई, निर्माता म्याक्स दीपेश खत्री विभिन्न सिनेमा हलमा पुगेर दर्शकलाई धन्यवाद दिँदै साक्षात्कार गरेका छन्।
वरिष्ठ निर्देशक तुलसी घिमिरेले फिल्म हेरेर अभिनेत्री स्वस्तिमा खड्का, नव अभिनेता विशाल देवकोटा, अभिनेता रवीन्द्रसिंह बानियाँ लगायतको प्रशंसा गरेका छन्। फिल्मका आम दर्शकसँगै कलात्मक खोज्ने दुवैलाई ‘लालीबजार’ प्याकेज रहेको निर्देशक घिमिरेको प्रतिक्रिया छ।
‘निकै सुन्दर फिल्म हेरेँ, जहाँ कला र व्यवसायिकताको पूर्ण मिश्रण छ अर्थात् कलात्मक हेर्न चाहने दर्शकले धेरै कुरा पाउँछन् भने मनोरन्जनका लागि सिनेमा हल पुग्ने दर्शक पनि एकछिन पनि बोर हुँदैनन्। तर, यो फिल्मले सिनेमा हलबाट निस्किँदै गर्दा मनोरन्जनसँगै शिक्षाको महत्व बुझाउँछ, हामीलाई कुप्रथा विरुद्ध आवाज उठाउन प्रेरणा दिन्छ। यो गज्जब बनेको छ’, निर्देशक घिमिरेले भने।
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया