बिएल संवाददाता
फिल्म ‘लालीबजार’ प्रदर्शनमा आएको ३०औं दिनमा समेत हाउसफूल देखिएको छ।
निरन्तर महिना दिनसम्म हाउसफूल भएपछि अभिनेत्री स्वस्तिमा खड्का, अभिनेता रवीन्द्रसिंह बानियाँ, नव अभिनेता विशाल देवकोटा, कार्यकारी निर्माता प्रदीप भट्टराई, निर्माता म्याक्स दीपेश खत्री विभिन्न सिनेमा हलमा पुगेर दर्शकलाई धन्यवाद दिँदै साक्षात्कार गरेका छन्।
वरिष्ठ निर्देशक तुलसी घिमिरेले फिल्म हेरेर अभिनेत्री स्वस्तिमा खड्का, नव अभिनेता विशाल देवकोटा, अभिनेता रवीन्द्रसिंह बानियाँ लगायतको प्रशंसा गरेका छन्। फिल्मका आम दर्शकसँगै कलात्मक खोज्ने दुवैलाई ‘लालीबजार’ प्याकेज रहेको निर्देशक घिमिरेको प्रतिक्रिया छ।
‘निकै सुन्दर फिल्म हेरेँ, जहाँ कला र व्यवसायिकताको पूर्ण मिश्रण छ अर्थात् कलात्मक हेर्न चाहने दर्शकले धेरै कुरा पाउँछन् भने मनोरन्जनका लागि सिनेमा हल पुग्ने दर्शक पनि एकछिन पनि बोर हुँदैनन्। तर, यो फिल्मले सिनेमा हलबाट निस्किँदै गर्दा मनोरन्जनसँगै शिक्षाको महत्व बुझाउँछ, हामीलाई कुप्रथा विरुद्ध आवाज उठाउन प्रेरणा दिन्छ। यो गज्जब बनेको छ’, निर्देशक घिमिरेले भने।
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया