बिएल संवाददाता
अभिनेता बबी देओलले बुबाको निधनपछि परिवार कुन अवस्थामा छ, त्यसबारे बताएका छन्। उनले भनेका थिए कि बुबासँग धेरै समय बिताउनुपर्ने थियो रहेछ।
उनले आफ्नो शैतेली बहिनीहरू इशा देओल र अहाना देओलको बारेमा पनि बताएका थिए। उनका अनुसार दुखको समयमा परिवार झनै नजिक भयो।
चर्चित अभिनेता धर्मेन्द्रको निधन नवम्बर २४ मा भएको थियो। जसकारण पूरै देओल परिवार नै दुखबाट गुज्रिए।
बबीको पछिल्लो भनाइअनुसार बुबाको निधनपछि उनलाई धेरै असर पर्यो। ‘कयौं त्यस्तो दिन आयो, जब मलाई लाग्यो कि कास, मैले केही समय उहाँसँग बिताएको भए हुन्थें। अहिले मेरो पत्नि र छोरासँग बढी समय बिताउने गर्छु।’
धन–सम्पत्तीबारे बोले
बबी देओलले भने, ‘बक्स अफिस, रिव्यूज, रोल्स, यो सबै केही होइन। सफलता त्यो हो कि तपाईं जो–सँग प्रेम गर्नुहुन्छ, उहाँसँग कति समय बस्नुहुन्छ। धन–सम्पत्तिको मतलबै के छ र? यदी त्यो हेर्नलाई तपाईंसँग कोही छैन भने? थाहा म उहाँका भिडियो इन्ट्राग्राममा हेरिरहन्छु। उहाँ कति बिन्दास हुनुहुन्थ्यो, कति प्रेमिल हुनुहुन्थ्यो। कहिलेकाहीँ त लाग्छ, उहाँ मसँगै कुरा गरिरहनुभएको छ।’
बहिनीहरूको बारेमा के बोले?
यहीबीच उनले दुखको समयमा आफ्नो शैतेली बहिनीहरू पनि नजिक भएका थिए। ‘मलाई लाग्छ कि सबैजना आ–आफ्नो ठाउँमा दुखी थियौं। कहिलेकाहीँ तपाईं दुखमा हुँदा अरूलाई गलत बुझ्नुहुन्छ। सबैलाई लाग्छ कि अरूकोभन्दा मेरो दुख ठुलो छ। तर समयसँगै सबै दुःख सकिन्छ। नोक्सानले परिवारलाई एकअर्कोसँग जोड्छ।’
ईशा र अहाना
अभिनेता धमेन्द्रले दुई पटक विवाह गरेका थिए। पहिलो विवाह उनले प्रकाश कौरसँग गरेका थिए, जसबाट सनी, बबी, विजेता र अजेता छन् भने सन् १९८० मा उनले हेमा मालिनीसँग विवाह गरे। जसबाट ईशा र अहाना छन्।
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया