बिएल संवाददाता
भारतीय गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधनका भएको छ।
मुम्बईको ब्रीच क्यान्डी अस्पतालका चिकित्सकले गायिका भोसलेको निधन भएको हो।
८ सेप्टेम्बर १९३३ मा महाराष्ट्रमा जन्मिएकी आशा भोसलेले मात्र ९ वर्षको उमेरदेखि नै गायन यात्रा सुरु गरेकी थिइन्।
पिता दीनानाथ मंगेशकरको निधनपछि परिवारको आर्थिक जिम्मेवारी सम्हाल्न उनले दिदी लता मंगेशकरसँगै गीत गाउन र अभिनय गर्न थालेकी थिइन्।
सन् १९४३ मा मराठी फिल्मबाट पार्श्व गायन सुरु गरेकी उनले १९४८ को फिल्म ‘चुनरिया’ बाट हिन्दी सिनेमामा पाइला टेकेकी थिइन्।
आफ्नो बहुमुखी प्रतिभाका कारण गजल, भजन, पप र शास्त्रीय संगीतमा जादुमयी स्वर दिएकी आशा भोसलेको नाममा विश्व कीर्तिमान समेत रहेको छ।
सन् २०११ मा गिनीज बुक अफ वर्ल्ड रेकर्ड्सले उनलाई संगीतको इतिहासमा विश्वमै सबैभन्दा बढी स्टुडियो रेकर्डिङ गर्ने कलाकारको रूपमा मान्यता दिएको थियो।
गायिका आशा भोसलेले भारतीय २० भन्दा बढी भाषा र विदेशी भाषाहरूमा समेत गरी १२ हजार भन्दा बढी गीत गाएकी छन्।
‘दम मारो दम’, ‘चुरा लिया है तुमने जो दिल को’ र ‘पिया तू अब तो आजा’ जस्ता उनका कालजयी गीतहरू आज पनि उत्तिकै लोकप्रिय छन्।
भारतमा गीत गाएर चर्चामा कमाएकी आशा भोसले नेपालमा पनि उत्तिकै चर्चित छन्। उनले नेपाली भाषामा गाएको गीत अझै पनि रुचाइएका छ।
उनले नेपाली भाषामा दर्जनौं गीतहरू गाएकी छिन्। जसमध्ये सबैभन्दा रुचाइएको गीत हो, ‘किन बढदै छ, ढुक ढुकि मुटुको’, ‘मोहनी लाग्ला है गाउँलेको बोलीले’, ‘म प्यार बेचिदिन्छु, बहार बेचिदिन्छु’, ‘पहाडको माथि–माथि’, ‘दियो बाली साझको फुल सजाइ पूजाको’, ‘गैरी खेतको शिरै हान्यो’, ‘बसन्त नै बस्न खोज्छ यहाँ’। आशाले गाएका यी गीतहरू अझै पनि गुन्गुनिने गर्छन्।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया