बिएल संवाददाता
भारतमा कपिल शर्मालाई नचिन्ने सायदै होलान्। उनले स्वदेशमा मात्र होइन विदेशमा पनि आफ्नो पहिचान बनाएका छन्।
उनी कुनै सुपरस्टारभन्दा कम छैनन्। तर, उनको लागि यो यात्रा त्यतिधेरै सहज थिएन।
देश–विदेशमा नाम कमाउनअघि उनी सामान्य जीवन जिउँथे। तर, आफ्नो कडा परिश्रम र मेहनतको कारण उनले आफ्नो भाग्य बदले। र, घर–घरमा आफ्नो छुट्टै पहिचान बनाए।
000
अहिले कमेडी गरेर दर्शकलाई हँसाउने कपिलको जन्म पन्जाबको अमृतसरमा भएको थियो। उनका बुबा प्रहरी थिए। कपिलले आफ्नो जीविकोपाजनको लागि सानोतिनो काम गरे।
भलै, उनको बुबाको निधनपछि घरको सबै जिम्मेवारी कपिलको काँधमा आइपर्यो। उनले १० कक्षापछि ‘पिसिओ’मा काम गरे। जहाँ उनलाई ५०० रुपैयाँ तलब दिइन्थ्यो।
000
कपिल शर्माले १० वर्ष थिएटरमा काम गरे। उनले सुरुवाती चरणमा ‘हसदे हसाँन्दे’ शोमा काम गरे। त्यसपछि उनले ग्रेट इन्डिया लाफ्टर च्यालेन्जमा अडिशन दिए। र, २००७ सालमा त्यो शोको विजेता पनि भए।
तर, उनलाई सबैभन्दा धेरै पहिचान ‘कमेडी नाइट्स विद कपिल’ बाट मिल्यो। शून्यबाट सुरु गरेका कपिललाई अहिले कुनै कुराको कमी छैन। अहिले उनी शान्दार जीवन बाँचिरहेका छन्।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया