बिएल संवाददाता
कुनैबेला बलिउडमा ‘ह्यान्सम’को उपनाम पाएका अभिनेता धमेन्द्र देओलको ८९ वर्षको उमेरमा निधन भएको छ।
लामो समयदेखि थलिएका उनले सोमबार संसार त्यागेका हुन। उनको निधनको कारण अहिले बलिउड मात्र होइन पूरै भारतमा नै स्तब्ध छाएको छ।
उनको निधनको कारण प्रधानमन्त्री नरेन्द्र मोदीले पनि आफू दुःखी भएको भन्दै सामाजिक सञ्जालमा स्टाटस लेखेका छन्।
उनको पार्थिव शरीरलाई मुम्बईको विले पार्लैस्थित पवन हन्स शमशामघाटमा जलाइएको थियो। उनको निधनमा देओल परिवारसहित पूरै बलिउड कलाकारहरूको उपस्थिती रहेको थियो।
उनको निधनसँगै धर्मेन्द्रको अन्तिम फिल्म ‘इक्किस’को पोस्टर पनि रीलिज भएको छ। जुन सोसल मिडियामा अहिले भाइरल भइरहेको छ।
अहिले दर्शकहरू धमेन्द्रको अन्तिम फिल्म हेर्न उत्साहित छन्। तर, बिडम्बना उनले आफ्नो अन्तिम फिल्म हेर्न सकेनन्।
उनको अन्तिम इच्छा थियो कि ८ डिसेम्बर उनको जन्मदिन भव्यकासाथ मनाउने र २५ डिसेम्बर रीलिज हुने उनको फिल्म ‘इक्किस’ हेर्ने। तर अपसोच, उनको त्यो इच्छा पूरा हुने सकेन।
उनले एक अन्तर्वार्तामा भनेका थिए, ‘बूढो भइसकेको छु। तर सिनेमा मेरो जीन्दगी हो। फिल्म हेरेरै मेरो आँखा बन्द गर्छु।’ तर उनको इच्छा पूरा भएन।
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया