बिएल संवाददाता
मुम्बईको ब्रिच क्यान्डी अस्पतालमा भर्ना भएका बलिउड अभिनेता धर्मेन्द्र देओललाई घर लगिएकाे छ।
श्वासप्रश्वासमा समस्या र निमोनियाका कारण करिब तीन साताअघि अस्पताल लगिएका उनलाई बुधबार घर फर्काइकाे हाे।
धर्मेन्द्रको उपचारमा खटिएकामध्ये एक डा. प्रतीक समदानीले धर्मेन्द्रलाई बुधबार बिहान ब्रिच क्यान्डी अस्पतालबाट घर लगिएको बताएका छन्।
बीबीसी हिन्दीका अनुसार धर्मेन्द्रको अवस्था अझै गम्भीर छ वा राम्रो छ भनेर सोध्दा डा. समदानीले केही जवाफ दिएनन्।
यसअघि भारतीय सञ्चारमाध्यमहरूले धमेन्द्रकाे निधन भएकाे भनी समाचार प्रकाशित गरेकाे थियाे।
विभिन्न सञ्चारमाध्यमहरूले झुटाे खबर फैलाएकाे भन्दै श्रीमती हेमा मालिनी र ईशा देओलले भने आपत्ति जनाएका थिए।
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया