बिएल संवाददाता
बलिउड सेलिब्रेटीहरूबीच क्रसकाे कुरा धेरै चर्चा हुन्छ।
आयुष्मान खुरानाको प्रीति जिन्टामाथिको क्रसदेखि लिएर दिलजीत दोसांझ र कार्तिक आर्यनको करीना कपूर खानमा क्रस छ।
त्याेसँगै काजाेलकाे क्रस पनि सार्वजनिक भएकाे छ, जसको पुष्टि फिल्म निर्माता करण जोहरले गरेका छन्।
अक्षय थिए काजाेलकाे क्रस
करण आफैंले काजाेलकाे क्रस अक्षय कुमार रहेकाे बताएका हुन्।
काजोलका श्रीमान् अजय देवगन नभई उनका 'दिल्लगी' फिल्मका सह-कलाकार अक्षय कुमार थिए।
काजाेलकाे क्रसबारे करणले एक रियालिटी शाेमा बताएका थिए।
रियालिटी शाेका प्रस्ताेता मनिष पाेलले करणलाई सोधेका थिए, 'बलिउडमा अजय देवगन बाहेक काजोल म्यामकाे क्रस को थिए?' जसको जवाफमा करणले 'अक्षय कुमार' भने।
अक्षय र काजोललाई ९० को दशकका सबैभन्दा सफल बलिउड स्टारहरूमा गणना गरिए पनि उनीहरूले एकभन्दा बढी फिल्ममा सँगै काम गरेनन्।
दुवैले सन् १९९४ मा रिलिज भएको फिल्म ‘ये दिल्लगी’ मा सँगै काम गरेका थिए।
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया