बिएल संवाददाता
नेपाली चलचित्रको कथ्य शैली, पात्रको स्वरूप, निर्माण शैली (मेकिङ) लगायतमा परिवर्तन ल्याउने चलचित्र ‘लुट’ मार्फत निर्देशनमा उदाउनुभएका निर्देशक निश्चल बस्नेत निर्देशन गर्नुभएको चलचित्र ‘दिमाग खराब’ चौथो सातामा प्रदर्शनरत छ।
गत कात्तिक २४ गतेदेखि प्रदर्शन भइरहेको चलचित्रले घरेलु बजारमा राम्रो व्यापार गरिरहेको निर्माता रौनकविक्रम कँडेलले दिए। 'चलचित्रलाई दर्शकले नै सिफारिस गर्नुभएपछि चलचित्र सफल भएको हो। यसको घरेलु व्यापारसँगै विदेश भइरहेको प्रदर्शनले हामी खुसी छौँ', निर्माता कँडेलले भने।
निर्देशक बस्नेतले आममानिस र शक्तिमा रहेको मानिसबीचको भिन्नतालाई चलचित्रमा देखाउने कोशिस गरेको जानकारी दिएका हुन्। 'म आम मानिसकै कथा भन्न रुचाउँछु। त्यसैले गर्दा केही ढिलाइ भयो होला, तर त्यो तयारीको समय थियो', निर्देशक बस्नेतले भने, 'मेरो कोसिस रमाइलोसँगै राम्रो चलचित्र बनाउने हुन्छ। यसपटक पनि त्यहीँ प्रयास गरेँ। देशको परिस्थितिले एउटा सरल जीवन चाहने आममानिसको दिमाग खराब गरिरहेको सन्दर्भ चलचित्रमा छ।'
उहाँले चलचित्रमा एउटा साधारण मान्छेको जीवनशैली, दायित्व र उतारचढावलाई देखाइएको बताए। चलचित्रमा दयाहाङ राई, स्वस्तिमा खड्का, खगेन्द्र लामिछाने, अर्पण थापा, सुमन कार्की, विजय बराललगायतका कलाकारले अभिनय गर्नुभएको छ।
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया