शनिबार, ०२ अगस्ट २०२५

इराकको एक भवनमा आगलागी हुँदा १४ जनाको मृत्यु

सोरान स्वास्थ्य विभागले विज्ञप्तिमा भनेको छ, ‘सबैभन्दा पहिला भवनको तेस्रो र चौथो तलामा आगो लागेको थियो, ती तलामा विश्वविद्यालयका छात्र र शिक्षक बस्छन्। त्यसपछि आगो सम्पूर्ण पाँच तले भवनमा फैलियो।’

बिएल संवाददाता

बिएल संवाददाता - बगदाद

रूसी सेनामा झण्डै २ हजार नेपाली भर्ती

नेपाली रुपैयाँ दुई लाख बढी कमाइ हुने र छोटो समयमै रसियन नागरिक बन्न पाइने भएपछि विद्यार्थीहरू पढाइ छोडेर सेनामा भर्ना हुन्थे। यस्तै, वर्किङ भिसामा पुगेका नेपाली पनि पैसा र नागरिकताकै लोभमा सेनामा भर्ना भइरहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बूढीगण्डकी परियोजना सफल बनाउन पछि हट्न हुँदैन: केपी ओली

’बूढीगण्डकी आयोजना निर्माण गर्न ठुलो क्षेत्रफलका लागि धेरै रकम मुआब्जा दिइसकेका छौँ। सरकारले अधिग्रहण गरी मुआब्जा दिएकाले आयोजना निर्माण अगाडि बढाउनुपर्छ’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - गोरखा

चितवन किसानले पाएनन् दूधको २२ करोड भुक्तानी

हरेक १५–१५ दिनमा दूधको भुक्तानी पाउनुपर्ने भए पनि लामो समयसम्म दूधको भुक्तानी नपाउँदा दुग्ध उत्पादक किसानले पशुलाई आहार खुवाउनसमेत कठिन बन्दै गएको उनको भनाइ छ।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

ट्रकको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्यु भएपछि नागढुङ्गा सडक अवरूद्ध

उनको मृत्यु भएपछि शनिबार बिहान स्थानीयहरूले नागढुङ्गा सडक अवरूद्ध पारेका हुन्। खरिबोट, थानकोट र नागढुङ्गा चेकपोइन्टमा दर्जनौँको संख्यामा उपस्थित भएका स्थानीयहरूले बिहान केहीबेर सडक ठप्प पारेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हिउँमै भेडीगोठ

एक दशक अगाडिसम्म बागलुङ, पूर्वी रुकुम र रोल्पाको सिमाना पातीहाल्ने सुनसान थियो। लोकमार्गको ट्र्याक खुले पनि गाडी गुड्दैनथे। तीन जिल्लाका भेडी गोठालाको मात्रै यहाँ चहलपहल हुन्छ। लोकमार्गसँगै जोडिएका गोठमा अहिले पनि गोठाला बस्दै आएका छन्। चिसो याममा गाली खुट्टा भेडीगोठाले काम गरिरहेका भेटिन्छन्।

बिएल संवाददाता

बिएल संवाददाता - बागलुङ

यता छोरीले चिठी लेखिन्, उता रुसमा अभिषेक हराए

‘हात हेराउन गएको भागेर दुई समुद्रको बिचको जंगलमा लुकेर बसेको भनेका छन्,’ सविताले भनिन् ‘बरु एक रुपैयाँँ चाहिएन, उहाँ सकुशल घर आइदिए हुन्थ्यो।’ 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भ्रष्टाचार नियन्त्रणका लागि अहिलेको प्रयत्न र परिणाम पूर्ण छैन: प्रधानमन्त्री प्रचण्ड

‘अहिलेसम्म भएका प्रयत्न र परिणाम पूर्ण छैनन्। आगामी दिनमा भ्रष्टाचार नियन्त्रणका लागि थप प्रभावकारी कदम चाल्नुपर्ने जिम्मेवारी सरकारसामु छ’, उनले भने, ‘यसका निम्ति सरकार दृढतापूर्वक अगाडि बढिरहेको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक, राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार छनोट गर्ने

पार्टीको आन्तरिक विवाद समाधानमा केन्द्रित हुने छलफलमा इलाममा हुने प्रतिनिधिसभाको उपनिर्वाचनलगायत सबै तहका उपनिर्वाचनमा पार्टीका तर्फबाट आवश्यक तयारी, समन्वय र सहजीकरण गर्ने विषयमा छलफल गरिने महासचिव घनश्याम भुसालले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - मकवानपुर

जनतासँग जोड्न सकेमात्र कांग्रेस परिवर्तन हुन्छ: शेखर कोइराला

‘देशलाई सम्हाल्ने लोकतान्त्रिक पार्टी कांग्रेस हो। कांग्रेस परिवर्तन नभई मुलुक परिवर्तन हुन सक्दैन। कांग्रेसलाई जनतासँग जोड्न सकेमात्र पार्टी परिवर्तन भएर अगाडि बढ्न सक्छ’, डा कोइरालाले भने। उनले नेपालको प्रजातान्त्रिक आन्दोलनमा चितवनको महत्त्वपूर्ण भूमिका रहेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काठमाण्डू-रक्सौल विद्युतीय रेलमार्गमा हालसम्म कति भयो प्रगति, कति बाँकी?

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र रेल विभागका अधिकारीहरूका भनाइमा प्रतिवेदनमा कतिपय विषयहरू ‘अस्पष्ट रहेकाले’ थप बुझ्न परामर्शदाता संस्थाका प्रतिनिधिलाई काठमाण्डू बोलाएर छलफल गर्नुपर्ने देखिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बक्यौता रकम असुल नहुँदा खानेपानी संस्था सङ्कटमा

महोत्तरीको बर्दिबास नगर क्षेत्रका छ हजार बढी उपभोक्तालाई खानेपानी आपूर्ति गर्दै आएको बर्दिबास साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था आर्थिक सङ्कटमा फस्दैछ। धेरै पानी खपत गर्ने उपभोक्ताले बक्यौता महसुल नबुझाउँदा संस्था आर्थिक सङ्कटमा फस्दै गएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - महोत्तरी

‘नेपालगञ्ज वाकाथन’ सुरु

भ्रष्टाचारविरुद्धको अन्तरराष्ट्रिय दिवसका अवसरमा बाँकेको नेपालगञ्जमा ‘नेपालगञ्ज वाकाथन’ आयोजना भएको छ। बास नेपालले आयोजना गरेको ‘वाकाथन’ आज बिहान ९ बजे स्थानीय गणेशमान चोकबाट सुरु भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - जानकी (बाँके)

जीर्ण कारागारमा कैदीको भीड, नयाँ पक्की भवन रित्तै

ओखलढुङ्गामा नवनिर्मित कारागार भवन प्रयोगमा नआउँदा कैदीबन्दी राख्न समस्या भएको छ। सुरक्षा पर्खाल नबन्दा जिल्ला कारागारको नयाँ पक्की भवनमा कैदीबन्दी सार्न समस्या भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - ओखलढुङ्गा

फुङ्लिङमा आगलागी, पाँच लाख बराबर क्षति

सदरमुकाम बजार नजिक फुङ्लिङ नगरपालिका–५ उकालीपानी टोलमा रहेको लालबहादुर गुरुङको घरमा आगलागी हुँदा रु पाँच लाख बराबरको क्षति भएको जिल्ला समन्वय समितिका सदस्य विष्णु तिवारीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - फुङ्लिङ

पन्ध्र बिघामा गरिएको गाँजाखेती नष्ट

सर्लाही प्रहरीले लालबन्दी नगरपालिका– १४, नारायण खोलास्थित १५ बिघा क्षेत्रफलमा लगाइएको गाँजा खेती नष्ट गरेको छ। सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमला नेतृत्वको सुरक्षाकर्मीको टोलीले गाँजा खेती नष्ट गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - मलङ्गवा

जुम्लामा जाडोले जनजीवन प्रभावित

जुम्लाको न्यूनतम तापक्रम माइनसमा झरेसँगै जाडोले जनजीवन प्रभावित भएको छ। हावापानी फिल्ड कार्यालय जुम्लाका अनुसार जिल्लाको न्यूनतम तापक्रम–२ दशमलव ६ डिग्री र अधिकमत तापक्रम १५ दशमलव ६ डिग्री सेल्सियस रहेको कार्यालय प्रमुख महेश शर्माले जानकारी दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला