शुक्रबार, २९ अगस्ट २०२५

कांग्रेसले एकवर्ष सिंहदरबार र बालुबाटार हेर्दैन: गगन थापा

उनले भने, ‘वर्ष २०८१ लाई पार्टी शुद्धीकरण र पुनःजागरणको वर्ष बनाउनुपर्छ, एकवर्ष कांग्रेसले सिंहदरबार, बालुबाटार नहेरी राष्ट्रका मुख्य–मुख्य समस्या समाधान खोज्न पहल गर्नुपर्ने बेला आएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - धनगढी

महालेखापरीक्षकमा तोयम राया सर्वसम्मत अनुमोदन

समितिका सभापति पशुपतिशमशेर जबराले प्रस्तावित महालेखापरीक्षकमा रायाको नाम सर्वसम्मतिले अनुमोदन गरेको बताए। प्रस्तावित रायाले १५ पेजको कार्ययोजना प्रस्तुत गर्दै बेरूजु कम गर्नाका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

खेलकुद मैदान निर्माणमा भ्रष्टाचार, तत्कालीन कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध मुद्दा

आयोगले सामाजिक विकास कार्यालय डोल्पाका प्रमुख आचार्य, सव–इञ्जिनियर मोतीप्रसाद बुढा, उपभोक्ता समितिका अध्यक्ष अभिषेक शाही, सचिव अपार गुरुङ र कोषाध्यक्ष विश्वनाथ शाहीविरुद्ध रु नौ लाख ९३ हजार नौ सय ४० बराबरको बिगो दावी गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

इजराइल आक्रमणपछि इरानले बन्द गर्‍याे आणविक केन्द्र

‘हामी सधैँ यसको सम्भावनाको बारेमा चिन्तित छौँ, म के भन्न सक्छु भने इरानमा आणविक केन्द्रहरूको निरीक्षण गरिरहेका हाम्रा निरीक्षकहरूलाई इरान सरकारले हिजो आइतबार सुरक्षाका कारण सबै आणविक केन्द्र बन्द रहनेछ भनेर जानकारी गराएको छ’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - संयुक्त राष्ट्रसङ्घ

घादिङ खाल्टेको मिनिट्रक दुर्घटनामा घाइते भएका प्रितमको मृत्यु

दुर्घटनामा परी घाइते भएका १२ वर्षे प्रितम मजकोटीको काठमाडौँस्थित केएमसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। यससँगै आइतबार बिहान बा ३ ख ८९४७ नम्बरको मिनिट्रक दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - धादिङ

दुई-चार सीट ल्याएर सत्ताको च्याँखे थाप्नेको पसल बन्द गरौँ: गोकुल बास्कोटा

‘फेरि राजनितिक कचिंगलमा मुलुक फस्ने देखिनु दुखद हो। सधैँको अस्थीरता किन र केका लागि? समावेशी क्षेत्रलाई पनि प्रतिस्पर्धी बनाएर समेत एउटै दलले बहुमत हासिल गर्न सक्ने चुनावी प्रणालीमा देशलाई लानै पर्छ। चुनावपुर्व गठबन्धन गर्ने, दुईचार सीट ल्याउने, सत्ताको च्याँखे थाप्नेको पसल बन्द गरौँ’, उनले भनेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुनको मूल्य हालसम्मकै उच्च, ताेलामा कति?

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन सोमबारको तुलनामा रु एक हजार सात सयले उकालो लागेर रु एक लाख ३९ हजार दुई सय निर्धारण भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मणिपुरेहरू चुनाव चाहँदैनन्, शान्ति चाहन्छन्!

लामो समयदेखि चलिरहेको हिंसात्मक द्वन्द्वका कारण मणिपुरका सबै क्षेत्र संवेदनशील वर्गमा परेका छन्। झण्डै पाँच महिनाको शान्तिपछि फेरि भएको हिंसाले जनताको मनमा त्रास पैदा गरेको छ। मणिपुरेहरू अहिल्यै निर्वाचन चाहँदैनन्।

बिएल संवाददाता

बिएल संवाददाता - मणिपुर

काठमाडौँ उपत्यकाको वायु अझै अस्वस्थ, विश्वको दोस्रो प्रदुषित सहर

एयर क्वालिटी इन्डेक्सका अनुसार आज काठमाडौँ उपत्यकाको वायु प्रदूषण १७७ एक्यूआइ मापन गरिएको छ। आज काठमाडौँ विश्वको दोस्रो प्रदूषित सहरका रुपमा सूचीकृत रहेको छ। यसलाई स्वास्थ्यको हिसाबले अस्वस्थ मानिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री प्रचण्ड र झलनाथ खनालबीच सुदूरपश्चिम सरकारबारे छलफल

एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेशको विषयमा सत्ता समीकरणमा असन्तुष्ट रहेको बेला प्रधानमन्त्री प्रचण्डले नेता खनालसँग प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

चैतेदसैँ: बागलुङ कालिका मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो

बिहान ४ बजेदेखि नै कालिकामा पूजाअर्चना गर्ने नेपाली तथा भारतीय पर्यटकको घुइँचो लागेको हो। हरेक वर्ष बागलुङमा चैतेदसैँलाई भव्य रूपमा बनाउने गरिन्छ। हरेक वर्ष चैतेदसैँका दिन हजारौँ दर्शनार्थीले कालिकाको दर्शन गर्दै आएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - बागलुङ

वैशाख ६ र ७ मा बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै, किन आवश्यक छ? 

स्वास्थ्य तथा जनसख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागको पोषण शाखा प्रमुख लीलाविक्रम थापाले ‘राष्ट्रिय भिटामिन ‘ए’को सबै तयारी पूरा भएको जानकारी दिए। उनकाअनुसार भिटामिन ‘ए’ क्याप्सुल ६ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइने छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

चाैथाे पटक विश्वासकाे मत लिँदै मधेशका मुख्यमन्त्री

विश्वासको मत लिनका लागि आज दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक बोलाइएको छ। मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि बैठक बोलाइएको सभामुख रामचन्द्र मण्डलले बताएका छन।

बिएल संवाददाता

बिएल संवाददाता - वीरगञ्ज

सडकमा निर्माण सामग्री छाड्नेलाई कारबाही गर्ने काठमाडाैँ महानगरकाे चेतावनी

काठमाडौँ महानगरपालिकाले सडक तथा सडकपेटीजस्ता सार्वजनिकस्थलमा निर्माणको काम सकेपछि ती स्थानलाई पूर्वावस्था नबनाई छाड्नेउपर कारबाही गर्ने चेतावनी दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

राष्ट्रपति रनिङ सिल्ड आजदेखि

१४औँ केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड आजदेखि सुरु हुँदैछ। प्रतियोगिताको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सनराइजर्सले आइपिएलमा तोड्यो आफ्नै कीर्तिमान, बैंगलुरु २५ रनले पराजित

इण्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंगलुरुलाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा सनराइजर्सले बैंगलुरुलाई २५ रनले पराजति गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पहाडी भू-भागमा वर्षाकाे सम्भावना

सुदूरपश्चिम, कर्णाली र लुम्बिनी  प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बालिकालाई वेश्यावृत्तिमा लगाउने दुई जना पक्राउ

नेपाल प्रहरीले बालिकालाई वेश्यावृत्तिमा लगाउने दुई जनालाई पक्राउ गरेको छ। प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले काठमाडौँको चावहिलमा रहेको फ्रेन्डशिप ब्युटी एन्ड स्पामा ललाईफकाई विभिन्न किसिमको प्रलोभनमा पारी यौन गतिविधिमा लगाउने दुईजनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा झापाकी ३४ वर्षीया पूजा लोवा र चितवनकी ४३ वर्षीय ओमकुमारी पुन रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

महाधिवेशन प्रतिनिधि परिषद्को तयारीमा एमाले

यही वैशाख ८ र ९ गते लतिपुरको गोदावरीमा हुने नेपाल कम्युनिष्ट पार्टी (एमाले) को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारी तीव्ररुपमा भएको छ। नेकपाको ७५ औँ स्थापना दिवसका अवसरमा विशेष कार्यक्रमसहित महाधिवेशन प्रतिनिधि परिषद् बैठक हुन लागेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

चिनियाँ अदालतद्वारा सम्बन्धविच्छेद मुद्दामा बाल संरक्षणलाई जोड

चीनको सर्वोच्च अदालतले सोमबार देशभरका अदालतहरूलाई सम्बन्धविच्छेदको सुनुवाइका क्रममा नाबालिग बालबालिकाको संरक्षणमा जोड दिन निर्देशन दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - बेइजिङ