प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक भोलि बस्ने
प्रतिनिधिसभाको अर्को बैठक सोमबार बस्ने भएको छ। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसदमा बोलेपछि आजको संसद बैठक स्थगित भएको हो।
बिएल संवाददाता - काठमाडाैं
प्रतिनिधिसभाको अर्को बैठक सोमबार बस्ने भएको छ। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसदमा बोलेपछि आजको संसद बैठक स्थगित भएको हो।
बिएल संवाददाता - काठमाडाैं
नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउँदैमा सरकार नढल्ने बताएका छन्। संसद बैठकबाट बाहिरिदै सञ्चारकर्मीसँगको प्रतिकृयामा उनले यस्तो बताएका हुन्।
बिएल संवाददाता - काठमाडौँ
‘आम नागरिकका रुपमा सूचना मागेको थिएँ। सदनमा बोल्न दिइएको थिएन। न्यायको याचनाका निम्ति मैले आम नागरिकका रुपमा मैले सूचना मागेको थिएँ। मेरा अरु सबै विकल्पहरू बन्द थिए’, उनले भने, ‘तर त्यसलाई पनि अनेकथरि आरोप लगाएर विरोध गरियो।’
बिएल संवाददाता - काठमाडौं
‘मलाई मेरै नजिकका साथीहरूले भनिरहनुभएको छ मिडिया मिलाउनुस् भनेर’ उनले भने ‘तर म मिडिया मिलाउन राजनीतिमा आएको होइन। म नियम, कानुन मिलाउन आएको हुँ। बालुटार, बालमन्दिरको मुद्दाहरू मिलाउन आएको हुँ। तर मिडिया मिलाउन होइन।’
बिएल संवाददाता - काठमाडौं
लामिछानेले आफूले अहिले गोर्खा मिडिया छोडिसकेको र कम्पनी छोडिसकेपछि कम्पनीको कुनै दायित्व बेहोर्नुपर्ने भए आफू सो दायित्व बेहोर्न तयार रहेको बताए।
बिएल संवाददाता - काठमाडाैं
‘सहरकारीको पैसा अपचलन फौजदारी कानुन आकर्षित हुने मुद्दा हो। प्रचलित कानुनको अधीनमा रही अनुसन्धानको लागि म तयार रहेको अवस्थामा छु’, उनले भने, ‘फौजदारी मुद्दाको छानिबिन र अनुसन्धान संसदीय समितिले प्रतिस्थापन गर्न सक्दैन।’
बिएल संवाददाता - काठमाडौं
‘गृहमन्त्रीलाई अस्वीकृत हुने मान्छेलाई प्रधानमन्त्रीका रुपमा भने स्वीकार्य हुने?’, आइतबार संसदको बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘मलाई त्यो अफर गर्नेहरू यही संसदमा हुनुहुन्छ। मलाई राजनीतिको गोपनियता थाहा छ।’
बिएल संवाददाता - काठमाडौं
लामाे विवाद र संसद अवराेधपछि उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले संसदमा सहकारी ठगी प्रकरणबारे उठेका प्रश्न जवाफ दिने अवसर पाएका छन्।
बिएल संवाददाता - काठमाडाैं
जसपा नेपालका अध्यक्ष एवम् संसदीय दलका नेता उपेन्द्र यादवले सभामुखलाई पत्र लेख्दै अशोक राई, नवल किशोर शाह सुडी, रञ्जकुमारी झा, वीरेन्द्रप्रसाद महतो, प्रदीप यादव हसीना खान र सुशीला श्रेष्ठलाई कारबाही गरेको जानकारी दिएका हुन्।
बिएल संवाददाता - काठमाडाैं
सिंहदरबारमा भएको बैठकपछि बोल्दै कांग्रेसका सांसद जीवन परियारले गृहमन्त्री रवि लामिछानेको नाम राखेर छानबिन गर्न सत्ता पक्ष तयार नभएको बताए। परियारले आजको संसदको बैठकपछि कार्यदलको बैठक बस्ने जानकारी दिए।
बिएल संवाददाता - काठमाडौं
आइतबार दिउँसो सवा १ बजेका लागि बोलाइएको बैठक कारणबस बस्न नसकेपछि सवा ३ बजेसम्म सारिएको थियो। सवा ३ बजे पनि बैठक बस्न सकेन। त्यसपछि भोलि सोमबार सवा १ बजेसम्मका लागि स्थगित गरिएको हाे।
बिएल संवाददाता - काठमाडौं
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्रीले साेमबार संसदमा विश्वासको मत लिने कार्य तत्काल रोक्न माग गर्दै आइतबार सर्वोच्च रिट दायर गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं
उनकाअनुसार अधिकांश विषयहरु सहमति नजिक पुगे पनि एक/दुइटा विषयमा सहमति जुट्न सकेकाे छैन। ‘अहिलेकाे बैठकमा पनि सहमति जुट्न सकेन’, बर्ताैलाले भने, ‘नेपाली काँग्रेसका साथीहरु २० समय मागेर सल्लाह गर्न बाहिर निस्क्नुभयाे।’
बिएल संवाददाता - काठमाडौं
पक्राउ पर्नेमा भक्तपुर घर भएका २१ वर्षीय सचिन परियार, नुवाकोट घर भएकी १८ वर्षीया अञ्जली श्रेष्ठ, स्याङ्जा घर भएकी २१ वर्षीया विपना भनिने वसुन्धारा कार्की, ५६ वर्षीया महिला, नुवाकोट घर भएका २१ वर्षीय बुद्ध लामा तामाङ, सिन्धुपाल्चोक घर भएका ३० वर्षीय दोर्जे भनिने अमृत तामाङ र १३ वर्षका नाबालक छन्।
बिएल संवाददाता - काठमाडौं
भर्खरै सम्पन्न राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिकाे बैठकले राष्ट्रियसभाकाे बैठक ३ : १५ सम्मका लागि सार्ने निर्णय गरेकाे हाे।
बिएल संवाददाता - काठमाडाैं
सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टिओआर) बनाउन बसेकाे कार्यदलको बैठक लम्बिएकाे छ। कार्यदलमा अहिलेसम्म सहमति जुट्दा बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक आजै २ बजे बस्ने गरी सारिएकाे छ।
बिएल संवाददाता - काठमाडौं
विपक्षी दलहरुले संसदीय छानबिन समितिको कार्यादेश (टिओआर) मा सहमति नभएसम्म संसद बैठक सञ्चालन नगर्न सभामुखलाई आग्रह गरेका छन्। सभामुखको सचिवालयका अनुसार विपक्षी दलहरु बैठकपछि राप्रपाका नेता ज्ञानेन्द्र शाहीले सभामुखलाई भेटेर सो अनुरोध गरेका थिए।
बिएल संवाददाता - काठमाडौं
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन शुक्रबार तोलामा रु एक लाख ३९ हजार तीन सयमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ४० हजार नौ सय निर्धारण गरिएको छ।
बिएल संवाददाता - काठमाडौं
कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको कार्यकक्ष बानेश्वरमा विपक्षी दलहरूले छलफल थालेका हुन् । आजको प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरुको साझा प्रस्तुतिबारे छलफल भइरहेकाे बताइएकाे छ।
बिएल संवाददाता - काठमाडौं
आज प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। सभामुखको सचिवालयकाअनुसार आजको संसद बैठक संचालनका लागि सभामुखले छलफल गर्न लागेका हुन्।
बिएल संवाददाता - काठमाडाैं
१ .
२ .
३ .
४ .
५ .