बिएल संवाददाता
जनता समाजवादी पार्टी (जसपा) नेपालले नयाँ दल जनता समाजवादी पार्टी (जसपा) बनाएका सात सांसदलाई कारबाही गरेको जानकारी सभामुखलाई दिएको छ।
जसपा नेपालका अध्यक्ष एवम् संसदीय दलका नेता उपेन्द्र यादवले सभामुखलाई पत्र लेख्दै अशोक राई, नवल किशोर शाह सुडी, रञ्जकुमारी झा, वीरेन्द्रप्रसाद महतो, प्रदीप यादव हसीना खान र सुशीला श्रेष्ठलाई कारबाही गरेको जानकारी दिएका हुन्।
हाल सर्वोच्च अदालतले नयाँ दल जसपालाई यथास्थितिमा दिन अन्तरिम आदेश दिएको उल्लेख गर्दै यादवले कानुनमा नभएको व्यवस्था प्रयाेग गरेर निर्वाचन आयोगले दल दर्ता गरिदिएको उल्लेख गरेका छन्।
साथै पत्रमा सात सांसदको सदस्यता रिक्त भएको र सर्वोच्च आदेशअनुसार पनि उनीहरुलाई प्रधानमन्त्रीले लिने विश्वासको मतसहित प्रतिनिधिसभाको कुनै पनि गतिबिधिमा सामेल नगराउन ध्यानाकर्षणसमेत गराएका छन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया